नेकपा एमाले सचिवालय बैठक सुरु

तु खबर संवाददाता
२०७९ चैत्र १८, शनिबार १४:११
file-photo

काठमाडौं । तीन निर्वाचन क्षेत्रमा हुने उप–निर्वाचनमा उम्मेदवार छान्न नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि सुरु भएको हो ।

जारी बैठकमा उम्मेदवार छनोट लगायत समसामयिक विषय छलफलका एजेण्डा रहेको उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

एमालेले चितवनमा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उठाउने लगभग निश्चित छ । बारा २ बाट भने एमालेले कसलाई उठाउने भन्ने सचिवालय बैठकले निर्णय गर्ने बुझिएको छ ।

आगामी बैशाख १० गते चितवन–२, बारा–२ र तनहुँ–१ मा उप–निर्वाचन हुँदैछ । उक्त निर्वाचनको लागि निर्वाचन आयोगले यही चैत्र २० गते मनोनयन दर्ता गर्ने कार्यसूची सार्वजनिक गरेको छ ।