समाचार

दुर्घटनामा परेर ट्याक्टर चालकको मृत्यु

सप्तरी । सप्तरीको बोदेबर्साईन नगरपालिका–३ सारसरमा ट्याक्टर पल्टिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक बोदेबर्साईन–१ धनगढी बस्ने अन्दाजी २२ वर्षीय पङ्कज यादव रहेका छन् । आइतबार बिहान सारसर पुवारी टोलस्थित भित्री सडकखण्डमा सारसरबाट धनगढीतर्फ जाँदै गरेको प्र–२–०१–००१ त २५१७ नम्बरको ट्याक्टर अनियन्त्रित भई...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, सोमबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा साथै बागमती, कर्णाली र...

उप–निर्वाचनका लागि आज मनोनयन दर्ता

काठमाडौं । आगामी बैशाख १० मा हुने प्रतिनिधि सभा सदस्यको उप–निर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार, निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेछन् । गत मंसिर ४...

प्रदेश प्रमुख शर्माले दिए ६६ औं सहकारी दिवसको शुभकामना

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले सोमबार देशैभर मनाइँदै गरेको उक्त दिवसको अवसरमा एक विज्ञप्ती जारी गर्दै शुभकामना व्यक्त गरेका हुन् । प्रदेश प्रमुख शर्माले समुदायमा छरिएर रहेको पुँजी, प्रविधि र प्रतिभालाई एकीकृत गरी...

१८ जना सहसचिवको सरुवा

काठमाडौं । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले १८ जना सहसचिवको सरुवा गरेको छ । सरुवा सूचीअनुसार सामन्यको अतिरिक्त समूहमा रहेका रामकृष्ण लामिछाने, विन्देश्वरप्रसाद लेखक, बद्रीनाथ गैरे, पार्वती अर्याल र शिवकुमार कार्कीलाई क्रमशः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) बुटवल उपमहानगरपालिका, श्रम, रोजगार...

खेलकुद पत्रकार मञ्चद्वारा तालिम र फुटसल प्रतियोगिताको आयोजना

मकवानपुर । खेलकुद पत्रकार मञ्च मकवानपुरले पत्रकारिता तालिम र खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ । मञ्चका अध्यक्ष राजन दाहालको अध्यक्षतामा आइतबार बसेको बैठकले उक्त निर्णय लिएको हो । जिल्लामा खेलकुदको गतिबिधीलाई प्रोत्साहन गर्नका लागि दुई दिने तालिम र मैत्रिपुर्ण मिडियाकप रनिङ शिल्ड फुटसल प्रतियोगिता संचालन गर्ने निर्णय लिएको...

सभामुखको अधिकार कटौतीका लागि राखिएको प्रस्ताव फिर्ता

काठमाडौं । सांसदहरुले सभामुखको अधिकार कटौतीसम्बन्धी राखेको प्रस्ताव प्रतिनिधि सभा बैठकमा फिर्ता लिएका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सो नियमावलीको मस्यौदा पारित गर्नका लागि भइरहेको छलफलका क्रममा संशोधन प्रस्तावक सांसदहरु रामहरि खतिवडा, रेखा यादव लगायतका सांसदहरुले संशोधन फिर्ता लिएका हुन् । सभामुखले सांसदहरुले राखेका संशोधन प्रस्तावलाई निर्णयार्थ...

दुर्घटनामा हेटौंडाका पाण्डेको मृत्यु

काठमाडौं । काठमाडौंको बल्खुमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सानेपाबाट कलङ्कीतिर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख १७१५ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेशमा दर्ता रहेको ९८३५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्कुटर चालक मकवानपुरस्थित हेटौंडा घर...

हेटौंडाका श्रेष्ठसहित दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले शनिबार साँझ लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेस्थित सडकबाट लागूऔषध गाँजा करिब २ केजी ९ सय ग्रामसहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडा उपमहानगरपालिका–८ बस्ने ३४ वर्षीय सुजन श्रेष्ठसहित दुई...

आइतबार २३ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक २३ अंकले घटेर १८८५ को विन्दुमा पुगेर रोकिएको छ । आज नेप्सेमा सूचीकृत २६० कम्पनीको ३६ लाख ४९ हजार १९६ कित्ता शेयर किनबेच हुँदा एक अर्ब १६ करोड २६ लाख रुपैयाँमाथिको कारोबार भएको...