समाचार
आफ्नै बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ
कपिलवस्तु । कपिलवस्तुमा आफ्नै बुवाको हत्या गरेको आरोपमा प्रहरीले शनिबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका–१ बाबाकुटी बस्ने २३ वर्षीय जिवन केसी रहेका छन् । उनलाई आफ्नै बुवा ५५ वर्षीय नारायण केसीको हत्या गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, जिवनले दाउराको...
राष्ट्रिय मर्यादासम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत
काठमाडौँ । राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत भएको छ । उक्त विधेयक आइतबार बसेको राष्ट्रिय सभाको बैठकबाट सर्वसम्मतिले स्वीकृत भएको हो । डा. वेदुराम भुसालले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सभा समक्ष पेस गरेका थिए । विधेयकमाथि सांसदहरूले आफ्ना आफ्ना धारणा राखेका थिए । विधेयकमा छलफल सकिएपछि...
थप १६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । देशभर १६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरबाट ९२१ नमूना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, पीसीआर विधिबाट २७९ र एन्टीजेनबाट ६४२ नूमना परीक्षण गर्दा १६ को रिपोर्ट पोजिटिभ आएको...
२६ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा उच्च गिरावट आएको छ । नेप्से सूचक आज २६.८७ अंकले घटेर १८८८ को विन्दुमा पुगेर रोकिएको छ । आज नेप्सेमा सूचीकृत २५९ कम्पनीको ३७ लाख ५४ हजार ३३४ कित्ता शेयर किनबेच हुँदा एक अर्ब २८ करोड ९३ लाख ७१...
तनहुँ– १ मा गोविन्द भट्टराईलाई कांग्रेसले उम्मेदवार बनाउने
काठमाडौं । आगामी बैशाख १० गते हुने तनहुँ क्षेत्र– १ उपनिर्वाचनका लागि नेपाली कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । कांग्रेसको पदाधिकारी बैठकमा शनिबार साँझ तनहुँ–१ मा भट्टराईलाई उम्मेदवार बनाउन सहमति जुटेको पार्टी सभापति शेरबहादुर देउवा निकट एक नेताले बताए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...
मकवानपुर क्याम्पसको स्ववियु अध्यक्ष लामाले गरे पदभार ग्रहण
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित मकवानपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का अध्यक्ष छोइसाङ लामाले पदभार ग्रहण गरेका छन् । नवनिर्वाचित लामाले आइतबार बिहान स्ववियु निर्वाचन समितिले प्रत्यक्ष र समानुपातिक प्रणालीबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण, शपथ ग्रहण गराएपछि पदभार ग्रहण गरेका हुन् ।...
ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु
कैलाली । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्वर ५ तालबन्दमा ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा सवार कैलालीकै गौरीगंगा नगरपालिका ७ का ४५ वर्षीय चक्र जेठारा रहेका छन् । से २ त २८५० नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिए दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको...
कतिमा कारोबार हुँदैछ आज सुनचाँदी ?
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको भाउ घटेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै गत साताको शुक्रबारको तुलनामा घटेको जानकारी दिएको हो । महासंघका अनुसार, आज सुन प्रतितोला ६०० रुपैयाँले घटेको हो । भो घटेसँगै आज छापावाल सुनको भाउ प्रतितोलामा १ लाख...
एकीकृत समाजवादीले मन्त्रीका लागि मापदण्ड बनाउने
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले मन्त्रीका लागि मापदण्ड बनाउने भएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको तीन सदस्यीय कार्यदलमा भएको प्रारम्भिक छलफलमा यसअघि मन्त्री र मुख्यमन्त्री भएकाहरूलाई यो पटक सकभर मन्त्री नबनाउने गरी छलफल भएको स्रोतले बताएको छ । चैत्र ७ गते बसेको सो पार्टीको सचिवालय बैठकले सरकारमा...
थारु आयोगद्वारा प्रदेश प्रमुख समक्ष प्रतिवेदन पेश
मकवानपुर । थारु आयोगले बागमती प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले आइतबार एक कार्यक्रमबीच प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष वार्षिक प्रतिवेदन पेश गरेका हुन् । अध्यक्ष चौधरीले नेपालको संविधानको धारा २९४ को उपधारा (३) अनुसार आयोगले आर्थिक वर्ष २०७८/०७९ मा सम्पादन गरेको...










