सभामुखको अधिकार कटौतीका लागि राखिएको प्रस्ताव फिर्ता

तु खबर संवाददाता
२०७९ चैत्र १९, आईतवार १७:५५
file-photo

काठमाडौं । सांसदहरुले सभामुखको अधिकार कटौतीसम्बन्धी राखेको प्रस्ताव प्रतिनिधि सभा बैठकमा फिर्ता लिएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सो नियमावलीको मस्यौदा पारित गर्नका लागि भइरहेको छलफलका क्रममा संशोधन प्रस्तावक सांसदहरु रामहरि खतिवडा, रेखा यादव लगायतका सांसदहरुले संशोधन फिर्ता लिएका हुन् ।

सभामुखले सांसदहरुले राखेका संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने क्रममा सांसदहरुलाई फिर्ता लिने समय दिएका थिए ।

प्रतिनिधि सभा नियमावली २०७९ को मस्यौदामाथि सत्तारुढ दलका सांसदहरुले कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णय अनुसार सभामुखले काम गर्नेबारे व्यवस्था गर्ने सम्बन्धी संशोधन दर्ता गराएका थिए ।