समाचार

दुर्घटनामा परेर ट्याक्टर चालकको मृत्यु

जनकपुरधाम । धनुषामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक क्षिरेश्वरनाथ नगरपालिका–३ का २९ वर्षीय विष्णुबहादुर फुयाल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, ज १ च ३४३७ ट्याक्टर लिएर क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरबाट बटेश्वर गाउँपालिका–५ शान्तिपुर जाँदै गर्दा एभरेष्ट पेपर मिल नजिक दुर्घटना...

आज चैती छठ मनाइँदै

जनकपुरधाम । जनकपुरधामसहित मधेशमा आज चैती छठ पर्व मनाइँदै छ । चार दिनसम्म नियम निष्ठापूर्वक मनाइने चैती छठको मूलविधि आज अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिन्छ । भोलि बिहान उदाउँदो सूर्यदेव अर्थात दिनानाथलाई अर्घ्य दिएपछि चैती छठ विधिवत समापन हुनेछ । कात्तिकमा मनाइने छठ पर्व जतिको संख्यामा श्रद्धालु भक्तजन नभए...

मकवानपुरको कैलाशमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता हुने

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाकामा उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता यही चैत्र १८ गतेदेखि २० गतेसम्म संचालन हुने कैलाश गाउँपालिका खेलकुद विकास समितिका सदस्य रवीन्द्र थिङले जानकारी दिए । कैलाश–३, कालिकाटारमा हुने प्रतियोगिताको लागि चैत्र १६ गतेसम्म टिम दर्ता हुने र सोही दिन...

नेपाली सेना र अमेरिका सेनाबीच तीन दिने बैठक सुरु

काठमाडौँ । नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच तीन दिवसीय बैठक आजबाट सुरु भएको छ । हरेक वर्ष हुँदै आएको सो संयुक्त बैठक यो पटक काठमाडौँमा ‘बाइल्याटरल ल्यान्ड फोर्सेस टक’  सुरु भएको हो । बैठक चैत्र १५ गतेसम्म संचालन हुनेछ । सन् २०१८ देखि हरेक वर्ष नियमित रूपमा आयोजना...

नेपाल टेलिकमको ग्राहक घट्यो

काठमाडौँ । नेपाल टेलिकमको टेलिफोन ग्राहक र इन्टरनेट ग्राहक दुवैमा क्रमशः कमी आउन थालेको छ । नेपाल दरसञ्चार प्राधिकरणले आइतबार सार्वजनिक गरेको पुस महिनासम्मको प्रतिवेदन अनुसार टेलिकमको ग्राहक घट्दै गएको देखाएको हो । गत मंसिरसम्ममा कुल १ करोड ९९ लाख ७७ हजार ३९ इन्टरनेट ग्राहक भएको नेपाल टेलिकमको पुस...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, सोमबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू–भागका...

एयर इन्डियाका चालक दललाई नेपाल उडानमा प्रतिबन्ध

काठमाडौं । मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आइरहेको नेपाल एयरलाइन्स र दिल्लीबाट काठमाडौँ आइरहेको एयर इन्डियाको जहाज आकाशमा झन्डै ठोक्किएको घटनामा एयर इन्डियाका चालक दललाई नेपाल उडानमा प्रतिबन्धसहित टावरमा कार्यरत तीन जना एयर ट्राफिक कन्ट्रोलर ९एटीसी०लाई कारबाही गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १९ हजार फिटमा रहेको एयर इन्डियाको...

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक मंगलबार बिहान ९ बजे बस्ने गरी बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, बैठकमा मन्त्री छनोट र उपनिर्वाचनबारे छलफल हुनेछ । बैठकले तनहुँ १ र चितवन २ मा बैशाख १० मा हुने...

हेटौंडामा स्वरोजगारमूलक ४ प्रकारका तालिम सुरु

मकवानपुर । हेटौंडामा आइतबारबाट स्वरोजगारमूलक ४ प्रकारका तालिम सुरु भएको छ । उक्त तालिम बागमती प्रदेश युवा परिषद्को आर्थिक सहयोगमा जिल्ला युवा परिषद् मकवानपुरले  आयोजना गरेको हो । तालिमको उद्घाटन बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गरेकी हुन् । हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्र, कान्तिपुर बहुप्राविधिक शिक्षालय...

‘प्रहरी संगठनको आन्तरिक शुद्धिकरण पहिलो र मुल प्राथमिकता’

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले प्रहरी संगठनको आन्तरिक शुद्धिकरण आफ्नो कार्यकालको पहिलो र मुल प्राथमिकता रहेको बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनको श्रीवृद्धिमा जोड दिँदै उक्त कुरा बताएका हुन्...