संसदीय सुनुवाइ समिति गठनको तयारी

तु खबर संवाददाता
२०७९ चैत्र २०, सोमबार १६:०४
file-photo

काठमाडौं । सत्तारुढ दलहरु संसदीय सुनुवाइ समिति गठनको गृहकार्यमा जुटेका छन् । संवैधानिक परिषदको बैठक बस्न कानुनी शुन्यताको अवस्था रहेकाले यस सम्बन्धी विधेयक संसदमा लागिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गत फागुन १२ गते संसदमा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ दर्ता गरेका थिए । उक्त विधेयकमाथि प्रतिनिधिसभामा सैद्धान्तिक छलफल भइसकेको छ ।

विधेयक उपरको संशोधन प्रस्ताव पनि न्युन आएकोले अब बस्ने प्रतिनिधिसभाको बैठकमा सदनमै विधेयकमाथि छलफल गराएर पारित गर्ने सरकारको तयारी छ । प्रतिनिधि सभाको अर्को बैठक चैत्र २३ गते बस्ने गरी बोलाइएको छ ।

संसदीय सुुनुवाइ समितिमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरु हुन्छन् । संघीय संसदको संयुक्त बैठक (कार्यसञ्चालन) नियमावली अनुसार सुनुवाइ समिति १५ सदस्यीय हुनेछ । जहाँ प्रतिनिधि सभाका १२ र जना र राष्ट्रिय सभाका ३ जना १५ सदस्य रहन्छन् ।