पशुपति माविको व्यवस्थापन समितिको अध्यक्षमा गौतम

तु खबर संवाददाता
२०७९ चैत्र २०, सोमबार ०९:०४

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–४, मसिनेस्थित पशुपतिनाथ माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा माधव गौतम चयन भएका छन् । विद्यालयको आइतबार सम्पन्न अभिभावक भेलाबाट अध्यक्षमा गौतमलाई चयन गरिएको हो ।

तेस्रो कार्यकालका लागि गौतमलाई अध्यक्ष चयन गरेको हो । दुई कार्यकाल अध्यक्षको नेतृत्व गर्दा गौतम अभिभावक, विद्यार्थी र शिक्षककाबीचमा लोकप्रिय बनेका थिए । स्रोत साधनको अभावमा पनि विद्यालय व्यवस्थापन समितिमा रहेर उत्कृष्ट काम गरेको भन्दै यसअघि बागमती प्रदेश सरकारले गौतमलाई प्रदेशदीप प्रदान गरेको थियो ।

भेला बागमती प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा मनहरी गाउँपालिकाका शिक्षा प्रमुख हरिचन्द्र सापकोटा, मनहरी–४ का वडाध्यक्ष प्रकाश थापा, पूर्व वडाध्यक्ष ध्रुब खड्का, गाउँ शिक्षा समिति सदस्य ध्रुब सुनार, विव्यस पूर्वअध्यक्षहरु रामहरि विष्ट, चन्द्रबहादुर न्यौपाने, प्रधानाध्यापक भानुभक्त आचार्य, स्थानीय समाजसेवी शंकर न्यौपाने, उद्धव विष्टलगायतको आतिथ्यता रहेको थियो ।