समाचार
उप–निर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने
काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख १० गते हुने उप–निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिने समय तोकेको छ । आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार, सोमबार मनोनयन दर्ताविरुद्ध उजुरी दिनका लागि आजलाई समय तोकिएको हो । चितवन–२, तनहुँ–१ र बारा–२ मा आगामी बैशाख १० गते हुने...
गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने एकीकृत समाजवादीको निर्णय
काठमाडौं । आगामी बैशाख १० गते हुने उप–निर्वाचनमा नेकपा एकीकृत समाजवादीले गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय सचिवालयको सोमबार बसेको बैठकले उप–निर्वाचनमा गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रुपमा अघि सारिएका उम्मेदवारहरूलाई समर्थन गर्ने निर्णय गरेको हो । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बैठक बसेको थियो ।...
राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम
मकवानपुर । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सोमबार हेटौंडामा प्रभातफेरी कार्यक्रमको आयोजना nगरिएको छ । सहकारीको दिगोपनः स्वनियमन र सुशासन भन्ने मुल नाराका साथ प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो । हेटौंडा–४ भुटनदेवी विद्यालयको चौरबाट सुरु भएको प्रभातफेरी पारिजातपथ हुँदै सुमार्गी कम्प्लेक्स चोक पुगेर मेनरोड हुँदै बजार परिक्रमा गरी...
लुम्बिनीमा कांग्रेससहितका दलले मागे मुख्यमन्त्रीको राजीनामा
दाङ । लुम्बिनीमा नेपाली कांग्रेससहित सत्तारुढ गठबन्धनमा रहेका दलका सांसदहरुले मुख्यमन्त्री लिला गिरीको राजीनामा माग गरेका छन् । सोमबार लुम्बिनी प्रदेश सभाको बैठकमा सांसदहरुले मुख्यमन्त्री अल्पमतमा रहेको भन्दै राजीनामा माग गरेका हुन् । लुम्बिनीमा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत लगायतका पार्टी मिलेर सरकार बनेको थियो । तर,...
बारा–२ मा जनमत पार्टीका कुशवाहाले गरे मनोनयन दर्ता
बारा । बैशाख १० गते हुने उप–निर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीबाट शिवचन्द्र कुशवाहाले मनोनयन दर्ता गराएका छन् । सोमबार सो पार्टीका अध्यक्ष सीके राउतसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय कलैया पुगेका उनले मनोनयन दर्ता गराएका हुन् । कुशवाहको प्रस्तावकमा मन्तोषप्रसाद कुशवाहा रहेका छन् भने समर्थकमा जयरामप्रसाद...
एसईई दिइरहेका विद्यार्थीमाथि कुटपिट गर्ने १२ जना पक्राउ
धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आइतबार एसईई परीक्षा दिएर घर फर्किरहेका बेला चार जना विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१९ को फूलबारी माध्यमिक विद्यालयबाट एसईई परीक्षा दिएर घर फर्किरहेका बेला कुटपिट गर्ने सोही ठाउँका १२ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी...
थप ७६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७६ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । सो अवधिमा १ हजार ५११ जनामा गरिएको परीक्षणमा ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा १६ जना संक्रमित निको हुँदा २८ हजार ७०३ जनाले खोप लगाएका छन् ।...
दिल्लीबाट ७ जना नेपाली बालबालिकाको उद्धार
काठमाडौं । भारतको राजधानी दिल्लीस्थित नयाँ दिल्ली रेल्वे स्टेशनबाट ७ जना नेपाली बालबालिकाहरुको उद्धार गरिएको छ । एक हप्ता लामो विशेष उद्धार अभियानबाट ७ नेपाली बालबालिकाको उद्धार गरिएको हो । बाल कल्याण समितिसहित सलाम बालक, प्रयास संस्था, साथी संस्था, चाइल्ड लाईन १०९८, रेल्वे अथोरिटी, आरपीएफ र जीआरपीको संयुक्त पहलमा...
१६ अंकले घट्यो नेप्स परिसूतक
काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १६.९१ अंकले घटेर १८७१ को विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा सूचीकृत २६० कम्पनीको २८ लाख १२ हजार ९९० कित्ता शेयर किनबेच हुँदा ९१ करोड ५१ लाख ६७ हजार रुपैयाँमाथिको कारोबार भएको...
जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ घाइते
धनगढी । बैतडीमा सोमबार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका–५ को तिलकपुर भीटामा से १ ज २९५ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु पञ्चेश्वर–५ कै ५५ वर्षीय महादेव भट्ट रहेका छन् ।...










