बारा–२ मा जनमत पार्टीका कुशवाहाले गरे मनोनयन दर्ता
बारा । बैशाख १० गते हुने उप–निर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीबाट शिवचन्द्र कुशवाहाले मनोनयन दर्ता गराएका छन् ।
सोमबार सो पार्टीका अध्यक्ष सीके राउतसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय कलैया पुगेका उनले मनोनयन दर्ता गराएका हुन् ।
कुशवाहको प्रस्तावकमा मन्तोषप्रसाद कुशवाहा रहेका छन् भने समर्थकमा जयरामप्रसाद कुशवाहा रहेका छन् ।
