समाचार

एमालेको ‘मिसन ग्रासरुट अभियान’ को सातै प्रदेशमा समीक्षा

काठमाडौं । नेकपा एमालेले पार्टी सृदृढीकरण तथा विस्तार अभियानका लागि सञ्चालन गरेको ‘मिसन ग्रासरुट अभियान’ को समीक्षा बैठक राखेको छ । पार्टी महासचिव शङ्कर पोखरेलद्वारा जारी गरिएको सर्कुलरमा मिसन ग्रासरुटको अभियानको सात वटै प्रदेशस्तरमा समीक्षा बैठक राखिएको जनाएको छ । सुदूरपश्चिम प्रदेशमा आगामी बैशाख २ र ३ गते, कर्णाली...

स्कुलमा गोली चल्दा ६ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको टेनेसीमा एक निजी स्कुलमा गोली चल्दा ६ जनाको मृत्यु भएको छ । न्यासभिलस्थित क्रिश्चियन स्कुल कोभेन्टमा गोली चल्दा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । मृत्यु हुने विद्यार्थीहरु ९ वर्ष मुनिका रहेका छन् । मृत्यु भएका अन्यमा स्कुलकी प्रमुख, शिक्षिका र सुरक्षा गार्ड...

आज बस्ने भनिएको कांग्रेसको बैठक सर्यो

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने भनिएको बैठक सरेको छ । बैठक चैत्र १६ गतेका लागि सरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, चैत्र १४ गते मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको बैठक चैत्र १६ गते...

अवैध लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं । प्रहरीले छुट्टाछुट्टै जिल्लाबाट अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले महोत्तरी र मोरङ गरी दुई छुट्टाछुट्टै जिल्लाबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले महोत्तरीको एकडरा गाउँपालिका–५ गेना बथनाहा टोल बस्ने ६५ वर्षीय सोवित कापरलाई लागूऔषध गाँजा २ किलोग्रामसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।...

सबै सरकारी वेबसाइटको पुराना लिंक हटाउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सरकारी निकायका वेबसाइटहरुमा रहेका पुराना वेबपेजका सामग्री र लिंक हटाउन निर्देशन दिएको छ । कतिपय सरकारी निकायले नयाँ वेबसाइट बनाउने क्रममा पुराना साइटमा रहेका डेटाहरु नयाँ साइटमा स्थानान्तरण नगरेको कारण सर्भरमा भार तथा साइबर सुरक्षामा अत्यधिक जोखिम रहेकोले ती लिंक, फाइललगायतका सामग्रीहरु हटाउन...

भाइको हत्या गरेको आरोपमा दाई पक्राउ

सिरहा । सिरहामा आफ्नै भाइको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सुखिपुर नगरपालिका–८ का ३५ वर्षीय श्याम सुन्दर गोसाईको हत्या गरेको आरोपमा उनकै दार्इ ४२ वर्षीय रामचन्द्र गोसाईँलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, गत मंसिर ८ गते सिराहाको गोलबजार नगरपालिका–३ जमनटोकीमा रहेको...

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा मौसम प्रचिकूल देखिएको छ । देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरुमा मेघगर्जन...

मन्त्रालय भागबन्डाबारे टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । १० दलीय सत्तारुढ गठबन्धन दलको बैठक बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बस्ने गरी बोलाइएको छ । सोमबार बसेको गठबन्धनका शीर्ष तीन दलका शीर्ष नेताको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाउन आज साझेदार दलहरू बीच बैठक बस्ने निर्णय गरेका थिए । बैठकमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा...

ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या, एकैदिन ६९ जनामा पुष्टि

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा देशभर ६९ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा १ हजार २६६ जनाको नमुना परीक्षणमा ६९ जनामा संक्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये ४४ जनामा...

उप–निर्वाचनमा गठबन्धन नगर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले आगामी बैशाख १० गते हुने तीन वटै क्षेत्रको उप–निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको छ । बैशाख ३० गते चितवन २, बारा २ र तनहुँ १ मा हुने उप–निर्वाचनमा गठबन्धन नगर्ने एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । उपनिर्वाचन हुने तीन वटै निर्वाचनमा एमालेले आफ्नै...