समाचार
राष्ट्रिय सभाबाट दुई विधेयक पारित
काठमाडौं । राष्ट्रिय सभाबाट दुई वटा विधेयक पारित भएको छ । मंगलबार बसेको बैठकमा राष्ट्रिय सभाबाट दुई वटा विधेयक सर्वसहमतिले पारित गरिएको हो । बैठकबाट सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ पारित गरिएको हो । पारित भएका यी दुवै विधेयक प्रतिनिधि सभामा पठाइएको छ...
४५ वर्षीय पुरुषद्वारा आत्मदाह
पोखरा । पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १७ विरौटास्थित मेलमिलाप टोलका ४५ वर्षीय इन्द्रप्रसाद अर्यालले घरको कोठामा आत्मदाह गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, शरीरमा आगो लगाएर आत्मदाह गरेका हुन् । मंगलबार दिउँसो साढे ३ बजे प्रहरी पुग्दा प्रहरी पुग्दा घरको कोठा...
सरकारले इम्बोस्ड नम्बर प्लेट नम्वर हेरफेर गर्न स्वीकृति दिने
काठमाडौं । सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपिमा पनि लेख्न सकिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची–२ मा हेरफेर गर्न स्वीकृति दिने निर्णय गरेको छ । यसअघि इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर र अंक लेख्न मिल्ने व्यवस्थामात्र थियो ।...
बलात्कारको आरोपमा दुई युवक पक्राउ
काठमाडौं । बालिका सामूहिक बलात्कारको आरोपमा प्रहरीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक मेलम्चीका २१ वर्षका आशिष भन्ने निमा तामाङ र काभ्रे महाभारतका २१ वर्षका कुशल श्रेष्ठ रहेका छन् । उनीहरुलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार, निमाले फेसबुकबाट...
मधेस प्रदेश सरकारबाट बाहिरियो एमाले
जनकपुर । नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेबाट नियुक्त चार मन्त्री तथा एक राज्यमन्त्रीले मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् । संघमा गठबन्धन भत्किएको झन्डै डेढ महिनापछि पार्टी प्रदेश सरकारबाट एमाले बाहिरिएको हो । मधेस प्रदेशमा एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, प्रदेश सभा...
रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेशी तोकिएको उक्त मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो । लामिछानेविरुद्धको मुद्दा यसअघि पनि सिन्हाले हेरेकाले यो मुद्दा हेर्न नमिल्ने भएको बताइएको छ । सोमबार दर्ता भएको रिट मंगलबारका लागि...
प्रतिनिधि सभा : १० वटा संसदीय समिति गठन हुने
काठमाडौं । प्रतिनिधि सभाले प्रतिनिधि सभा नियमावली २०७९ पारित गरेसँगै संसदीय समितिहरु गठन प्रक्रिया अगाडि बढ्ने भएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकले प्रतिनिधि सभा नियमावली २०७९ लाई बहुमतले पारित गरेको हो । नियमावली पारित भएसँगै अब प्रतिनिधि सभाले १० वटा विषयगत समिति पाउने भएको छ । नियमावलीका...
वैदेशिक रोजगार विभागले साढे ३ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा राख्ने
काठमाडौं । वैदेशिक रोजगार विभागले धरौटी बापतको ३ अर्ब ५३ करोड रुपैयाँ निक्षेपको रूपमा पुनः मुद्दतीमा राख्ने भएको छ । यसअघि विभिन्न वाणिज्य बैंकहरुमा राखेको पैसा यही चैत ३० गते परिपक्व हुँदै गर्दा विभागले सोही पैसा पुनः निक्षेपको रूपमा बैंकमा राख्ने भएको हो । विभागले मंगलबार एक सूचना प्रकाशित...
शेयर बजारमा सामान्य अंकको गिरावट
काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स ६ अंकले घटेर १८६५ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६४ कम्पनीको २९ लाख ७१ हजार ९४७ कित्ता शेयर किनबेच हुँदा ९१ करोड ७६ लाख १० हजार रुपैयाँमाथिको कारोबार भएको...
माओवादी घटकले चैत्र २७ गते अन्तरक्रिया कार्यक्रम गर्ने
काठमाडौं । माओवादी विचार धारा बोकेका दलहरूले आगामी चैत्र २७ गते अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएका छन् । शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका विषयमा काठमाडौंको प्रज्ञा भवनमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाले जानकारी दिए । उनका अनुसार, द्वन्द्वरत पक्ष र विपक्ष दुबैलाई राखेर...










