समाचार

एकल महिलाबाट बच्चाको जन्मदर्ताबारे सर्कुलर जारी

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्मेको र बाबुको ठेगान नभएको बच्चाको जन्मदर्ताबारे सर्कुलर जारी गरेको छ । बुधबार विभागका निर्देशक नवराज जैशीले जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरुलाई बोधार्थ दिँदै दुई बुँदे सर्कुलर जारी गरेका हुन् । जारी सर्कुलर अनुसार, कुनै महिलाको विवाह अघि...

थप ९८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सो अवधिमा १ हजार ७६८ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा पीसीआर विधिबाट ७१ र एन्टिजेन विधिबाट २७ जनामा...

बागमती प्रदेश : प्रदेश सूचना पुनरावेदन समितिद्वारा अन्तरक्रिया

मकवानपुर । बागमती प्रदेश सरकारको प्रदेश सूचना पुनरावेदन समितिले प्रगति समीक्षा एवम् अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । समितिले आफ्नो पहिलो वर्ष पूरा भएको अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयमा उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम समितिका अध्यक्ष हरिप्रसाद अधिकारीको अध्यक्षता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण...

इन्द्रसरोवर तालमा बेपत्ता भएका पुरुषको शव फेला

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका १ कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवर तालमा र्याफ्टिङ्ग गर्ने क्रममा बेपत्ता भएका पुरुषको शव फेला परेका छन् । मंगलबारबाट बेपत्ता भएका काठमाडौंको दक्षिणकाली नगरपालिका ३ बस्ने ३५ वर्षीय राजकुमार सुवेदीको बुधबार दिउँसो शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, सुवेदीको...

रवि लामिछानेको उम्मेदवारी कायमै

चितवन । चितवन क्षेत्र नं २ मा हुने उप–निर्वाचनमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ । निर्वाचन अधिकृतको कार्यालय भरतपुर चितवनका अनुसार, लामिछानेको उम्मेदवारी कायम भएको छ । लामिछानेको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै उनी विरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चैत्र...

उप–निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने अधिकतम सीमा निर्धारण

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख १० गते आइतबार हुने प्रतिनिधि सभा सदस्यको उप–निर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने अधिकतम सीमा निर्धारण गरेको छ । आयोगको बैठकले उपनिर्वाचनका लागि गत असोज ३१ को नेपाल राजपत्रमा तोकिए बमोजिम नै हुने गरी चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ तथा बारा जिल्ला...

शेयर बजारमा झिनो अंकको सुधार

काठमाडौं । आज साताको चौथो दिन अर्थात बुधबार शेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । लगातार गिरावट आएको शेयर बजारमा आज ८ अंकले बढेर १८७४ को विन्दुमा कायम हुन पुगेको हो । शेयर बजारमा सामान्य सुधार देखिएतापनि कारोबार रकम भने सन्तोषजनक देखिएको छैन । नेप्सेमा सूचीकृत २६२ कम्पनीको...

एसईई दिने नक्कली परीक्षार्थी पक्राउ

विराटनगर । मोरङबाट एसईई परीक्षा दिने नक्कली परीक्षार्थीलाई पक्राउ परेका छन् । बुधबार अनिवार्य विज्ञान विषयको परीक्षा दिने क्रममा ग्रामथान गाउँपालिका–२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका वडा नं.५ की २८ वर्षीय सुस्मिता लिम्बू रहेको जिल्ला प्रहरी...

कार्यव्यवस्था समितिमा २१ सदस्य रहने

काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिमा २१ जना सदस्य रहने भएका छन् । प्रतिनिधि सभाको बैठकको कार्यसूची निर्धारण गर्ने समितिमा सभामुख, उपसभामुख, संघीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र सांसदहरुको प्रतिनिधित्व हुनेछ । सांसदहरुको प्रतिनिधित्व दलीय आधारमा हुनेछ । जसको संख्या बुधबार किटान गरिएको छ । बुधबार...

ट्याक्टरले किचेर युवकको मृत्यु

बागलुङ । बागलुङमा ट्याक्टरले किचेर एक जना युवकको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–११ रिघा मनेवामा ट्याक्टरले किचेर पूर्वी नवलपरासी घर भई मनेवा मामाघर आएका २३ वर्षीय दिपेश सलामीको मृत्यु भएको हो । बडिगाड गाउँपालिका–२ खर्बाङ बजारबाट गलकोट नगरपालिका–३ हटियाबजार आउँदै गरेको ध १ त ६०९ नंको ट्याक्टर...