समाचार

मोटरसाइकलको ठक्करबाट मकवानपुरका स्याङतानको मृत्यु

मकवानपुर । मकवानपुरको बामगमती गाउँपालिकामा बुधबार बिहान मोटरसाइकलले ठ्रक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती–८, खजुरीदमार बस्ने ५० बर्षीय दिलबहादुर स्याङतान रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जनाकारी दिए । प्रहरीका अनुसार, बिहान बागमती गाउँपालिका–८, साततले राजबास पुलस्थित हेटौंडा–फापरबारी सडकखण्डमा...

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७८/०७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अभिलेख संरक्षण (पहिलो...

आज यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । यस्तै, आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित...

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस

ताप्लेजुङ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर गएराति भूकम्पको धक्का महसुस भएको छ । गएराति ११ बजेर ४१ मिनेट जाँदा ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान...

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक बिहान ८ बजे बस्ने भएको हो । मंगलबार साँझ बसेको बैठक विना निष्कर्ष टुङ्गिएपछि आज पुनः बस्न लागेको हो । मंगलबारको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल भएपनि कुनै सहमति हुन सकेको थिएन । दलहरुले आकर्षक मन्त्रालयमा आ–आफ्नो दाबी नछोडेपछि...

थप २४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर थप २४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका १ हजार ४२९ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, पीसीआर विधिबाट १५ तथा एन्टिजेन विधिबाट ९ जनामा सङ्क्रमण पुष्टि भएको...

प्रदेशका १५८५ पत्रकारको सामूहिक दुर्घटना बिमा

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशभरका पत्रकारलाई सामूहिक दुर्घटना बिमा गरिदिएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका १३ जिल्लाका १ हजार ५ सय ८५ जना पत्रकारको सामूहिक बिमा गरिदिएको हो । मन्त्रालयले राष्ट्रिय बीमा कम्पनी लि. मार्फत् प्रति व्यक्ति ४ लाख रुपैयाको दुर्घटना बीमा गरिएको मन्त्रालयका...

विराटनगर आन्दोलन : १७ राउण्ड हवाई फायर, २० भन्दा बढी घाइते

विराटनगर । विराटनगरमा प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा २० भन्दा बढी घाइते भएका छन् । मंगलबार दिउँसो विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप...

यी तीन क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गर्न अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटकले रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर), पाटन क्याम्पस र नेपाल कमर्स क्याम्पसमा तत्काल निर्वाचन गराउन अन्तरिम आदेश जारी गरेको छ । अदालतले स्थगित कलेजहरूमा सम्बद्ध सबै पक्षलाई समावेश गराई समन्वय गरी निर्वाचन हुने मिति तोकी स्ववियु निर्वाचनसम्बन्धी काम अगाडि बढाउन अन्तरिम आदेश जारी गरेको हो ।...

बालुवाटारमा गठबन्धनको बैठक जारी

काठमाडौं । सत्ता गठबन्धनमा रहेका १० दलको बैठक हाल जारी छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरअघि बैठक सुरु भएको हो । आजको बैठकमा मन्त्रालयको भागबन्डाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रस्ताव पेस गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीले पेस गरेको प्रस्तावमा सहमति जुटे आजै मन्त्रिमण्डल विस्तार...