समाचार
तीन मन्त्रालय पाउने ग्यारेन्टी नगरेसम्म मन्त्रीको नाम नदिने : समाजवादी
काठमाडौं । नेकपा एकीकृत समाजवादीले तीन वटा मन्त्रालय पाउने ग्यारेन्टी नगरेसम्म मन्त्रीको नाम नपठाउने निर्णय गरेको छ । सो पार्टीको बुधवार दिउँसो बसेको आकस्मिक केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आफुले तीन वटा मन्त्रालय पाउनुपर्ने दाबी गर्दै मन्त्रालय प्राप्त नभइसकेको र...
ठगी आरोपमा चिनियाँ नागरिकसहित १९ जना पक्राउ
काठमाडौं । काठमाडौंमा अनलाइन ब्यापारको नाममा ठगी गरेको आरोपमा प्रहरीले १९ जनालाई पक्राउ गरेको छ । प्रहरीले चिनियाँ नागरिकसहित १९ जनालाई काठमाडौंबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा ९ जना चिनियाँ नागरिक र १० जना नेपाली नागरिक रहेका छन् । उनीहरुलाई टेलिग्राम मार्फत अनलाइन कक्षा सञ्चालन गर्ने नाममा ठगी...
आदिवासी जनजाति युवा महासंघ मकवानपुरको अध्यक्षमा मोक्तान
मकवानपुर । आदिवासी जनजाति युवा महासंघ मकवानपुरको अध्यक्षमा इन्द्रबहादुर मोक्तान चयन भएका छन् । महासंघको जिल्ला भेलाले मोक्तानको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरिएको हो । यस्तै, समितिको उपाध्यक्ष सानु गुरुङ् (निशा), आशिष थापा, लोकेन्द्र माझी चयन भएका छन् भने सचिवमा भुपेन्द्र राना मगर, सह–सचिवमा बुद्ध बराम र कोषाध्यक्षमा...
झिनो अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको चौथो दिन शेयर बजारमा झिनो अंकले बढेको छ । नेप्से सूचक १.०२ अंकले बढेर १९१९ को विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा सूचीकृत २५८ कम्पनीको २५ लाख ३९ हजार ४८ कित्ता शेयर किनबेच हुँदा ८१ करोड ६२ लाख १९ हजार रुपैयाँमाथिको कारोबार भएको छ ।...
आगोमा जलेर एक बालिकाको मृत्यु
रौतहट । रौतहटको दक्षिणी भेग ईशनाथ नगरपालिकामा गएराति दुई वटा घरमा भएको आगलागीमा परेर एक जना बालिकाको मृत्यु भएको छ । ईशनाथ नगरपालिका–६, जयनगर निवासी मजीबुल रहमानको घरमा मंगलबार राति ८ बजे एक्कासि आगलागी भएको थियो । आगलागीको क्रममा घरभित्रै सुतिरहेकी रहमानको ११ वर्षीया छोरी रजिया खातुनको जलेर मृत्यु...
फेरी बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज फेरी सुनको भाउ बढेको जनाएको छ । महासंघले आज सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको जनाएको हो । भाउ बढेसँगै आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँ र तेजाबी सुनको प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भइरहेको...
सत्ता गठबन्धनको बैठक सुरु
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन बिहान ९ बजेका लागि बोलाइएको सत्ता गठबन्धनको बैठक केहीबेर अघिबाट मात्रै सुरु भएको हो । मंगलबारको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल भएपनि कुनै सहमति हुन सकेको थिएन...
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री र सभामुखबीच वार्ता जारी छ । वार्तामा सरकारले अघि बढाउन चाहेको विधेयकका बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल...
हेटौंडाको मोडेल अस्पतालमा अनुगमन
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ स्थित मोडेल अस्पतालमा अनुगमन गरिएको छ । प्रशासनको नेतृत्वमा विषयगत कार्यालयका प्रतिनिधिहरु सम्मिलित टोलीले मंगलबार अस्पतालको अनुगमन गरेको हो । उक्त टोलीले अस्पतालको प्रयोगशाला, फिजियोथेरापी, इमर्जेन्सी, शल्यक्रिया थियटर, उच्च संवेदनशील कक्ष, आइसीयु, जनरल वार्डमा अनुगमन गरेको थियो...
एसईई परीक्षाको सबै तयारी पूरा
काठमाडौं । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईईको सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस वर्षको परीक्षामा ५ लाख १६ हनजार ५९१ परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार २ लाख ६० हजार ६७४ छात्र र २ लाख ५५ हजार...










