समाचार

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

धनगढी । कैलाली प्रहरीले बुधबार बिहान एक जना चोरी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बिहान साढे ९ बजे धनगढी उपमहानगरपालिका–१३ कैलालीगाँउ बस्ने २२ वर्षीय नरेश चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई चोरी मुद्दामा २०७६ जेठ १ गतेको सात दिन दिन कैद सजाय र १० हजार...

स्ववियु निर्वाचन : बाँकी कलेजहरूमा चैत्र ३० गते चुनाव

काठमाडौं । बाँकी रहेका कलेजहरूमा यही चैत्र ३० गते स्ववियु निर्वाचन गराउन विद्यार्थी सङ्गठनहरू सहमत भएका छन् । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी र अनेरास्ववियूबीच ३० गते चुनाव गराउन सहमति भएको हो । विद्यार्थी भर्ना लगायतका कारणबाट निर्वाचन हुन नसकेका कलेजहरूमा त्रिविले सत्य तथ्य छानबिन गर्दै चुनावी प्रक्रिया अगाडि बढाउन...

यस्तो छ आजको विदेशी विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज डलरको खरिद दर १३० रूपैयाँ ९१ पैसा र बिक्री दर १३२ रूपैयाँ...

सर्वोच्चको आदेशले धितोपत्र बोर्डलाई ब्रोकर लाइसेन्स दिन बाटो खुला

काठमाडौं । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार र धितोपत्र दलाल व्यवसायीलाई लाइसेन्स दिनेगरी गरेको नियमावली संशोधन धितोपत्रसम्बन्धी ऐन, २०६३ को परिधिभित्र रहेको ठहर गरेको छ । सीमित व्यापारिक घराना लाभान्वित हुनेगरी योजनाबद्ध रूपमा नयाँ लाइसेन्स वितरण गर्ने उद्देश्यले ल्याइएको धितोपत्र बजारसम्बन्धी नियमावलीहरू संशोधनका प्रावधान संविधानसँग प्रत्यक्ष बाझिएकाले...

उप–निर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुने

काठमाडौं । आसन्न उप–निर्वाचनका लागि उम्मेदवारी दिएकालाई आज उम्मेदवारी फिर्ताको समय तोकिएको छ । बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यसूची रहेको छ । यस्तै, आजै उम्मेदवारलाई चुनाव चिह्न वितरण गर्ने...

नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतबीच पार्टी एकता हुँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमत पार्टीबीच पार्टी एकता हुने भएको छ । भोलि शुक्रबार घट्टेकुलोस्थित इच्छुक प्रतिष्ठानमा एक कार्यक्रमबीच पार्टी एकताको तयारी भइरहेको जनाइएको छ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’बीच लामो समययता पार्टी एकताका लागि...

आज यी प्रदेशमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा मौसम सामान्यतया...

कार्यव्यवस्था समितिमा सदस्यहरू मनोनयन गर्न प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधि सभा बैठक बस्दैछ । बैठक संघीय संसद् सचिवालयमा अपराह्न १ बजे बस्ने भएको हो । बैठकमा कार्य व्यवस्था समितिका सदस्यहरूलाई सभामुखले मनोनयन गर्ने कार्यतालिका रहेको छ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार, आजको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रण सम्बन्धि विधेयक...

सत्ता गठबन्धनको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

काठमाडौं । सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने हुने भएको छ । गत मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि छलफल भए अनुसार थप परिमार्जन गरेर आज सार्वजनिक गर्न लागिएको हो । कार्यदलले तयार पारे अनुसार ९ वटा विषयलाई प्राथमिकतामा राखेर नीति तथा...

स्रोत नखुलेको १० लाख नगदसहित ३ जना पक्राउ

काठमाडौं । स्रोत नखुलेको १० लाख नगदसहित तीन जना पक्राउ परेका छन् । सर्लाहीको कविलासी नगरपालिका–८ बाट सशस्त्र प्रहरीले ५ लाख भारतीय रुपैयाँ र ५ लाख नेपालीसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा हरिवन नगरपालिका–११ बस्ने ४५ वर्षीय गान्धि साह सोनार, रुपन्देही घर भएका ३५ वर्षीय राजेश...