कार्यव्यवस्था समितिमा सदस्यहरू मनोनयन गर्न प्रतिनिधि सभा बैठक बस्दै
काठमाडौं । आज प्रतिनिधि सभा बैठक बस्दैछ । बैठक संघीय संसद् सचिवालयमा अपराह्न १ बजे बस्ने भएको हो ।
बैठकमा कार्य व्यवस्था समितिका सदस्यहरूलाई सभामुखले मनोनयन गर्ने कार्यतालिका रहेको छ ।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार, आजको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रण सम्बन्धि विधेयक २०७८ का सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ ।
यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले लोक सेवा आयोगको ६३ औं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको छ ।
