चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

तु खबर संवाददाता
२०७९ चैत्र २३, बिहीबार ०९:२७
सांकेतिक तस्बिर

धनगढी । कैलाली प्रहरीले बुधबार बिहान एक जना चोरी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बिहान साढे ९ बजे धनगढी उपमहानगरपालिका–१३ कैलालीगाँउ बस्ने २२ वर्षीय नरेश चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनलाई चोरी मुद्दामा २०७६ जेठ १ गतेको सात दिन दिन कैद सजाय र १० हजार जरिवाना तोकिएकोमा फरार रहँदै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय कार्यालयबाट खटिको टोलीले उनलाई घर नजिकैबाट नियन्त्रणमा लिएर कैलाली जिल्ला अदालतमा उपस्थित गराएको छ ।