स्ववियु निर्वाचन : बाँकी कलेजहरूमा चैत्र ३० गते चुनाव

तु खबर संवाददाता
२०७९ चैत्र २३,बिहीबार ०९:२१
file-photo

काठमाडौं । बाँकी रहेका कलेजहरूमा यही चैत्र ३० गते स्ववियु निर्वाचन गराउन विद्यार्थी सङ्गठनहरू सहमत भएका छन् । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी र अनेरास्ववियूबीच ३० गते चुनाव गराउन सहमति भएको हो ।

विद्यार्थी भर्ना लगायतका कारणबाट निर्वाचन हुन नसकेका कलेजहरूमा त्रिविले सत्य तथ्य छानबिन गर्दै चुनावी प्रक्रिया अगाडि बढाउन भनेका हुन् ।

विद्यार्थी सङ्गठनहरूको तालाबन्दी तथा अवरोधका कारण कतिपय कलेजहरूमा स्ववियु चुनाव हुन सकेको छैन । अन्य कलेजहरुमा भने चैत्र ५ गते नै निर्वाचन भइसकेको छ ।