समाचार
नेकपा माओवादीको पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक आजै अपराह्न ४ बजे बस्ने भएको हो । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने तय भएको छ । बैठकमा पछिल्ला राजनीतिक एवम् समसामयिक विषयहरुमा छलफल हुने माओवादी नेताहरूले बताएका छन् ।
उप–निर्वाचन : उम्मेदवारविरुद्ध परेका उजुरीमाथि छानबिन
काठमाडौं । आगामी बैशाख १० गते हुने उप–निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध परेका उजुरीमाथि आज छानबिन हुँदैछ । निर्वाचन आयोगले मंगलबार उजुरी आह्वान गरेको थियो । उम्मेदवारविरुद्ध मंगलबार परेका उजुरीको छानबिन गरी आजै साँझ अन्तिम निर्णय गरिने आयोगले जनाएको छ । उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत्र २३...
सरकारको साझा न्यूनतम कार्यक्रम भोलि सार्वजनिक गर्ने तयारी
काठमाडौं । सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम भोलि सार्वजनिक गर्ने भएको छ । मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि छलफल भएको थियो । यसअघि एमाले अध्यक्ष केपी ओली संयोजक भएर बनाएको सरकारको न्यूनतम प्राथमिकता र कार्यक्रमहरू परिमार्जन गरिएको छ । कांग्रेसका रमेश लेखक, माओवादीका...
हिमपहिरोमा परेर तीन जना नेपालीको मृत्यु
काठमाडौं । सिक्किमा हिमपहिरो जाँदा तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेको सिक्किम सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । उनीहरू नेपालबाट सिक्किम घुम्न भनेर गएका थिए । अन्य मृतकहरु भारतको उत्तरप्रदेश, पश्चिम...
शेखर–गगन समूहद्वारा आफू पक्षीय सांसदको बैठक आह्वान
काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला, गगन थापा समूहले आफू पक्षीय सांसदको बैठक आह्वान गरेको छ । पार्टीभित्र मन्त्रालय भागबण्डामा विमति जनाएर मन्त्रीको नाम नपठाएको उक्त समूहले आज सांसदहरुसँग छलफल गर्न लागेको बैठक आह्वान गरेको हो । दिउँसो सांसदहरुसँग छलफलको लागि बैठक आह्वान गरिएको भएपनि समय र स्थान तय...
रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि मुद्दा नचलाउने निर्णयविरुद्धको रिटको सुनुवाइ आज हुँदैछ । मंगलबारका लागि सुनुवाइको पेसी तोकिए भए पनि न्यायाधीश अनिल कुमार सिन्हाले मुद्दा हेर्न नमिल्ने भएपछि आज बिहान १० बजेका लागि न्यायाधीश सिन्हारहितको इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ...
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ
काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । बीबीसीका अनुसार अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने उनी पहिलो पूर्वराष्ट्रपति हुन् । पक्राउ परेपछि उनलाई हतकडी भने लगाइएको थिएन । उनले मङ्गलवार अपराह्न म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए । दिउँसो १ बजेपछि उनी ट्रम्प टावरबाट निस्किएर अदालततिर...
घटेको हवाई भाडा आजदेखि लागू हुने
काठमाडौं । सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएपछि आजबाट हवाई भाडा पनि घटेको छ । वायुसेवा संचालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४४० रुपैयाँ भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ७ हजार ५१० रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ७० रुपैयाँ...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । यस्तै, आज दिउँसो देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ भने राति भने सामान्यतया मौसम...
भरुवा बन्दुक पड्किँदा बालिकाको मृत्यु
सल्यान । सल्यानको कालीमाटी गाउँपालिकास्थित एक घरमा भरुवा बन्दुक पड्किँदा एक बालिकाको मृत्यु भएको छ । स्थानीय बेलबहादुर आलेको घरमा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीका अनुसार, आलेको घरको आँगनमा खेल्दै गरेको क्रममा बन्दुक पड्किँदा छर्राले लागेर कालिमाटी गाउँपालिका ७ स्वायनवासकी...










