समाचार
बन्दुकको छर्रा लागेर गुरुङको मृत्यु
फुङ्लिङ । ताप्लेजुङमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका ५८ वर्षीय ललित गुरुङ रहेका छन् । ५२ वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ललितको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।...
बैंकिङ कसुर मुद्दाका फरार श्रेष्ठ पक्राउ
काठमाडौं । प्रहरीले ललितपुरको भैँसेपाटीबाट बैकिङ कसुर मुद्दाका फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–११ बस्दै आएका ६५ वर्षीय महेन्द्रनारायण श्रेष्ठ रहेका छन् । प्रहरीका अनुसार, धनकुटा नगरपालिका–६ स्थायी घर भएका श्रेष्ठलाई उच्च अदालत पाटनको २०७९ माघ २० गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा चार...
एकीकृत समाजवादीले सोध्यो न्यौपानेलाई स्पष्टीकरण
काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेता मुकुन्द न्यौपानेलाई स्पष्टीकरण सोधेको छ । मंगलबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले न्यौपानेलाई सात दिने स्पष्टीकरण सोधेको एक नेताले जानकारी दिए । न्यौपानेले विगत केही समययता लगातार कार्यकर्ता भड्काउने गरी स्ट्याटस लेखेको निष्कर्षसहित पार्टीले स्पष्टीकरण सोधिएको हो । तर, एकीकृत समाजवादीले उक्त...
कांग्रेसका सांसदलाई टीआरसीबारे प्रशिक्षण
काठमाडौं । टीआरसी अर्थात बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकबारे नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई प्रशिक्षण दिएको छ । कांग्रेस संसदीय दलको आयोजनामा मंगलबार सिंहदरबारमा विज्ञहरुले कांग्रेस सांसदहरूलाई प्रशिक्षण दिएको हो । जसअनुसार बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पूर्वसदस्य गंगाधर...
शेयर बजारमा १२ अंकको सुधार
काठमाडौं । आज साता कारोकारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा हरियाली छाएको छ । नेप्से सूचक आज १२ अंकले बढेर १९१८ को विन्दुमा कायम हुन पुगेको छ । नयाँ अर्थमन्त्रीको आगमन हुने भएसँगै आज शेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको हो । नेप्सेमा सूचीकृत २५८ कम्पनीको ४० लाख ७७...
प्रतितोला एक हजारले घट्यो सुनको भाउ
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो । अघिल्लो दिन प्रतितोला एक लाख नौ हजारमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख आठ हजार तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक...
किसान महासंघको तदर्थ समितिमा १७ जना मनोनित
काठमाडौँ । नेपाल किसान महासंघको तदर्थ समितिमा १७ जना सदस्य मनोनित गरिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तदर्थ समिति विस्तार गरेका हुन् । गणेश तिमिल्सिनाको अध्यक्षतामा रहेको महासंघको सदस्यमा मनोनित हुनेमा काठमाडौंका आदर्शविक्रम कार्की, नवलपुरका महेन्द्रभक्त अधिकारी, तनहुँका प्रभात आले, कास्कीका नम्रता बराल, सुर्खेतका प्रेमबहादुर घले, काठमाडौंका...
विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडपः १२ जना घाइते
काठमाडौँ । विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १२ जना घाइते भएका छन् । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो । आन्दोलनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि झडप भएको...
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना धरौटीमा रिहा
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परी कारागार पठाइएका ३ जना मंगलबार रिहा भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले १२ चैतमा उनीहरुलाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए । धरौटी नबुझाएका कारण केन्द्रीय कारागार पठाइएका सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत,...
मकवानपुरमा सवारी दुर्घटना, दुई घाइते
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ३ हात्तिसुडेस्थित हेटांैडा–फापरबारी सडकखण्डमा आज बिहान सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बिहान २ः५० बजेको समयमा फापरबारीबाट जुरेलीतर्फ आउँदै गरेको प्रदेश २–०३ ००१ त ३१७२ नम्वरको ईन्जिनको भाग मात्र रहेको ट्याक्टर आफै अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना हुँदा दुई...










