नेकपा माओवादीको पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक आजै अपराह्न ४ बजे बस्ने भएको हो ।
बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने तय भएको छ । बैठकमा पछिल्ला राजनीतिक एवम् समसामयिक विषयहरुमा छलफल हुने माओवादी नेताहरूले बताएका छन् ।
