यस्तो रहनेछ आजको मौसम
२०७९ चैत्र २२, बुधबार ०८:१३
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
यस्तै, आज दिउँसो देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ भने राति भने सामान्यतया मौसम सफा रहनेछ ।
त्यस्तै, भोलि पनि देशका पहाडी भू–भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । त्यसपछि क्रमशः मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।
