समाचार
राप्रपाले तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैशाख १० मा उपनिर्वाचन हुने तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने भएको छ । सोमबार बसेको राप्रपा पदाधिकारी बैठकले बारा २, चितवन २ र तनहुँ १ मा पार्टीको उम्मेदवार उठाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठकले ती निर्वाचन क्षेत्रमा...
बाल विवाह रोकथामका सन्दर्भमा नीति संवाद
काठमाडौँ । नेपालमा बाल विवाहको वर्तमान अवस्थाबारे चर्चा गर्दै सरोकारवालाहरुले यसलाई क्रमश न्यूनिकरण गर्ने सन्दर्भमा छलफल गरेका छन् । एनएसिजी नेपाल र बालिका दुलही हैनको संयुक्त आयोजनामा बालविवाह न्यूनिकरणको क्षेत्रमा देखिएका चुनौतीहरुका साथै भावी कार्यदीशा विषयक नीतिगत सम्वाद गरिएको हो । कार्यक्रममा बालअधिकारको क्षेत्रमा कार्यरत विभिन्न नागरिक समाजका सञ्जालहरु,...
कांग्रेस निकट यातायात मजदुर संघ मकवानपुरको अध्यक्षमा मोक्तान
मकवानपुर । नेपाली कांग्रेस निकट नेपाल यातायात मजदुर संघ मकवानपुरको अध्यक्षमा गोकुल मोक्तान चयन भएका छन् । समितिको आज सम्पन्न दोस्रो अधिवेशनले मोक्तानको नेतृत्वमा १० सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको हो । यस्तै, समिति उपाध्यक्षमा नवराज घिमिरे र खडानन्द चौलागाईँ (अगोर) चयन भएका छन् भने सचिवमा ईन्द्र गुरङ चयन...
मकवानपुरको एक घरमा आगलागी हुँदा १५ लाखको क्षति
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका वडा नमवर २ कालिखोलास्थित एक घरमा आइतबार दिउँसो आगोलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय कुलबहादुर स्याङतानको कच्ची घरमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरमा रहेको लत्ताकपडा, अन्नपात, सुनचाँदी, नगद समेत नष्ट भएको...
अवैध लागूऔषधसहित दुई जना पक्राउ
काठमाडौं । प्रहरीले छुट्टाछुट्टै जिल्लाबाट अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा र पर्सा गरी दुई छुट्टाछुट्टै जिल्लाबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले झापाको बिर्तामोड नगरपालिका–३ पुण्डरी चोकबाट गएराति लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ८०० मिलिग्रामसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ...
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने तीन जना कारागार चलान
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध नाराबाजी गर्ने तीन जना कारागार चलान भएका छन् । प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा गत चैत्र ७ मा काठमाडौंको बानेश्वरबाट पक्राउ परेका उनीहरुले धरौटी रकम नतिरेपछि कारागार चलान गरिएको जिल्ला जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । बागलुङ घर भएका सोनु शर्मा, बझाङका...
१७ अंकले बढ्यो नेप्से, १ अर्ब ३८ करोडमाथिको कारोबार
काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । केही दिनयता लगातार घटेको नेप्से सूचक आज १७.७० अंकले बढेर १९०६ को विन्दुमा पुगेर रोकिएको छ । यस्तै, आज नेप्सेमा सूचीकृत २६१ कम्पनीको ४३ लाख ८ हजार ६४५ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ३८ करोड २७...
इम्बोस्ड नम्बर प्लेट अब नेपालीमा राख्ने सरकारको तयारी
काठमाडौं । सरकारले इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने तयारी अगाडि बढाएको छ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सो जानकारी गराएका हुन् । सोमबार मन्त्रालयको कार्य प्रगति विवरणबारे जानकारी दिन मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को समेत निर्देशनमा सो कामलाई सुरु गरिएको...
मोटरसाइकलको ठक्करबाट तामाङको मृत्यु
काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिका वडा नं १ तल्लो नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गएराति जहरसिंह पौवाबाट मेलम्चीतर्फ जाँदै गरेको बा ४५ प ५४४१ नम्बरको मोटरसाइकलले ठ्रक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा पैदलयात्री सोही ठाउँ बस्ने ४२ वर्षीय...
सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित भएको छ । सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको मुद्दाको सोमबार तोकिएको सुनुवाई स्थगित भएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा पेसी चढेको थियो । तर, सन्दीप पक्षले पेसी स्थगित गरेका हुन् ।...










