आज सुन प्रतितोला १ लाख ९ हजारमा कारोबार हुँदै

तु खबर संवाददाता
२०७९ चैत्र २१, मंगलवार १५:४४
file-photo

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा आज सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

महाुसंघका अनुसार, आज छापावाला सुन प्रतितोला एक हजार रुपैयाँले बढ्दै एक लाख ९ हजार रुपैयाँ पुगेको हो । यसअघि सोमबार छापावाला सुन प्रतितोला एक लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले नै बढेर १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता चाँदीको भाउ भने अघिल्लो दिनको तुलनामा आज १० रुपैयाँले बढ्दै प्रतितोला एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।