आज चट्याङसहित क्षणिक वर्षाको सम्भावना

२०७९ चैत्र २१,मंगलवार ०८:०९

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानहरुमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
यस्तै, आज राति भने देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । यो क्रम बुधबार पनि जारी रहने महाशाखाले जनाएको छ ।