बागमती प्रदेशमा दिनहुँ बढ्दै कोरोना संक्रमित

तु खबर संवाददाता
२०७९ चैत्र २१, मंगलवार ०८:५१
filr-photo

मकवानपुर । बागमती प्रदेशमा पछिल्लो समयमा कोरोना संक्रमणको दर दिनहुँ बढ्दै गएको छ । कोरोना संक्रिमितको संख्यालाई आधार मान्दा पनि यस प्रदेशका शहरी क्षेत्रहरुमा कोरोना संक्रमितको दर बढ्दै गएको हो ।

सोमबार प्रदेशका विभिन्न जिल्लामा एकैदिन ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ सय ६६ जनाको कोरोना परिक्षण गरिएकोमा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका डा. रविन भुसालले जानकारी दिए ।

देशैभरीमा ७६ जनामा कोरोना संक्रमण हुँदा यस प्रदेशमा मात्र धेरैको संख्यामा संक्रमण भएको हो । कोरोना संक्रमणबाट बच्नका लागि र सावधानीका उपायहरु अपनाउनका लागि स्वाथ्यकर्मीहरुले आग्रह गरेका छन् ।