समाचार

पोखरीमा डुबेर किशोरको मृत्यु

सर्लाही । सर्लाहीको ईश्वरपुरमा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका–३ भक्तिपुरका बलिराम बरहीका १५ वर्षीय छोरा भुवन बरही रहेका छन् । उनको स्थानीय पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीका अनुसार, बुधबार दिउँसो एक्लै...

‘ए’ डिभिजन लिग अन्तरगत आज दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुई खेल हुने भएको छ । आज एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र खुमलटार युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । ६ खेलबाट १३ अङ्क जोडेको जावलाखेल लिगको शीर्ष स्थानमा छ भने खुमलटार ६ खेलबाट ६ अङ्क जोडेर ११ औँ स्थानमा छ ।...

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवन बस्ने भएको हो । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार, आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७८/०७९’ पेश गर्ने कार्यतालिका रहेको छ...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । यस्तै, आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ भने कोशी र...

उप–निर्वाचनका लागि आजबाट आचारसंहिता लागू हुने

काठमाडौं । प्रतिनिधि सभा सदस्य उप–निर्वाचनका लागि आज शुक्रबारदेखि आचारसंहिता लागू हुने भएको छ । शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू हुने निर्वाचन आयोगका सह–सचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार, आचारसंहिता चितवन, बारा र तनहुँ जिल्लाभर विभिन्न व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ...

देशभर कोभिड–१९ संक्रमितको सक्रिय संख्या ३५८ पुग्यो

काडमाडौं । देशभर कोरोना भाइरस (कोभिड–१९) को सक्रिय संक्रमितको संख्या ३५८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८४ जनामा कोरोना पुष्टि भएसँगै सक्रिय संक्रमितको संखया ३५८ पुगेको स्वास््रथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार, पछिल्लो २४ घण्टामा १ हजार ४०२ नमूना परीक्षण गरिएकामा २७२ पीसीआर...

सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ । सरकारका प्रवक्ता रेखा शर्माले बिहीबार सिंहदरबारमा एक कार्यक्रमको आयोजना गरी सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेकी हुन् । विस्तृत शान्ति सम्झौतालगायत विगतमा नेपाल सरकार र विभिन्न राजनीतिक दल र पक्षहरूबिच भएका सहमती र सम्झौताहरूलाई हृदयङ्गम...

अदालतले २२ लाख जरिवाना तोकेका न्यौपाने प्रहरीको फन्दामा

काठमाडौं । प्रहरीले बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी छत्रकोट गाउँपालिका–४ घर भई काठमाडौं कलंकी बस्ने ४९ वर्षीय दिपक न्यौपाने रहेका छन् । न्यौपानेलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले सिंहदरबारबाट पक्राउ गरेको हो । पक्राउ परेका न्यौपानेलाई २०७८ मंसिर २७ गते...

प्रतिनिधि सभा बैठक : दुई वटा विधेयक पेश

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा दुई वटा महत्त्वपूर्ण विधेयक पेश भएको छ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८’ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक पेश गरेका हुन् । यस्तै, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा...

सिस्नु टिप्न गएका २ जना नाबालिका मृत फेला

काठमाडौं । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा सिस्नु टिप्न गएका दुई जना नाबालिका मृत अवस्थामा फेला परेका छन् । बुधवार सिस्नु टिप्न गएका पुथा उत्तरगंगा–३ घर भएका १० वर्षीय रिमा बुढा र ८ वर्षीय काली बुढा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनीहरु बुधवार सिस्नु...