समाचार

बारा २ मा लोसपाबाट राजेन्द्र महतोले चुनाव लड्ने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोले बारा २ मा चुनाव लड्ने भएका छन् । लोसपाले बारा २ मा महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको एक शीर्ष नेताले जानकारी दिए । महतो गत चुनावमा सर्लाही २ मा पराजित भएका थिए । धनुषा ३ छाडेर सर्लाही २ फर्किएका...

पत्रकार महासंघ मकवानपुरलाई किताब उपहार

मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरको ६८ औं स्थापना दिवसको अवसरमा किताबघर हेटौंडाले किताब उपहार दिएको छ । पठन संस्कृतिको विकास गराउने उद्देश्यका साथ अघि बढेको किताबघरले पत्रकारहरुको पठन संस्कृतिको निरन्तरताको लागि बिहीबार पुस्तक उपहार प्रदान गरेको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ मा अवस्थित किताबघरमा पुगी महासंघ...

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, आजै पुनः वार्ता हुने

काठमाडौं । सरकार र मिटरब्याज पीडित किसानबीच वार्ता सकिएको छ । गृह मन्त्रालयमा भएको वार्ता आजै साँझ पुनः बस्ने गरी दिउँसोको वार्ता स्थगित गरिएको हो । मिटरब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोज पासवानका अनुसार, आजै साँझ ६ बजे पुनः वार्ता हुने भएको हो । दिउँसो भएको वार्तामा वार्तामा सरकार र...

घुस रकमसहित वडाध्यक्ष पक्राउ

बुटवल । बुटवलको शुद्धोधन गाउँपालिका वडा नम्वर ७ का वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना घुस रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा वडाध्यक्ष भीमबहादुर यादव, प्रमुख प्रशासकीय अधिकृत अनन्तमणि मरासिनी र बिचौलिया विनोद भर रहेका छन् । उनीहरुलाई ५० हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय...

कांग्रेसले चितवन–२ मा श्रेष्ठलाई उम्मेदवार बनाउने

काठमाडौं । नेपाली कांग्रेसले चितवन–२ मा प्रतिनिधि सभा सदस्यका लागि जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । श्रेष्ठ चितवनका पूर्व जिल्ला सभापतिसमेत हुन् । चितवन–२ मा आगामी बैशाख १० गते प्रतिनिधि सभा सदस्यका लागि...

बैशाख पहिलो साताबाट राष्ट्रिय भिटामिन ‘ए’ अभियान संचालन हुने

काठमाडौं । सरकारले बालबालिकालाई आगामी वर्ष बैशाख पहिलो साताबाट राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम संचालन गर्ने भएको छ । बैशाख ६ र ७ गते देशभरीका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाका निर्देशक डा. विवेककुमार लालका अनुसार, भिटामिन...

चन्द्रोदय माविको अध्यक्षमा मैनाली

मकवानपुर । हेटौंडा– ८ स्थित चन्द्रोदय माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा ईवाकर मैनाली चयन भएका छन् । बुधबार बिहान बसेको व्यवस्थापन समितिको बैठकले मैनालीलाई सर्वसम्मत चयन गरेको हो । त्यस्तै विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा कृष्ण प्रसाद अर्जेल, रामप्रसाद देवकोटा, ज्योती के.सी, रीता श्रेष्ठ र दुर्गा अधिकारीलाई चुनिएका छन् ।...

पत्रकार महासंघ मकवानपुरको आयोजनामा प्रभातफेरी

मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरले बिहीबार हेटौंडामा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । पत्रकार महासंघको ६८ औैं स्थापना दिवसको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । प्रभातफेरी कार्यक्रम हेटौंडाको सिमा चोकबाट सुरु भई बुद्धचोक हुँदै बजार परिक्रमा गरेर पुनः सिमाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सो क्रममा...

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तार वटा प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री प्रचण्डले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८/७९, राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८/०७९, राष्ट्रिय मानव...

सरकारी प्रतिनिधि र मिटर ब्याज पीडितबीच वार्ता आज

काठमाडौं । नेपाल सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समूहबिच आज वार्ता हुने भएको छ । पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटर ब्याज पीडित समूहले आज बिहान छलफल गर्ने भएका हुन् । गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा गठित सरकारी समिति र पीडितबीचमा बिहान १० बजे...