समाचार

चित्लाङ–काठमाडौं सडकखण्ड राति बन्द

मकवानपुर । मकवानपुरको चित्लाङदेखि काठमाडौंको थानकोटसम्म जोड्ने चित्लाङ–थानकोट सडकखण्ड राति ८ बजेदेखि बिहान ६ बजेसम्मका लागि बन्द गरिएको छ । थाहा नगरपालिका वडा नं. ९, चित्लाङ अन्तर्गत रहेको चित्लाङ–चन्द्रागिरी– थानकोट सडक (गणेशमान सिंह मार्ग ) को स्तरोन्नत्ती लगायतको मर्मतका लागि बिहीबारदेखि लागू हुने गरी सवारी आवागमनमा रोक लगाइएको जिल्ला...

सरकार र मिटरब्याज पीडितबीच वार्ता जारी

काठमाडौं । सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच दोस्रो चरणको वार्ता गृह मन्त्रालयमा जारी छ । बिहीबार बिहान भएको पहिलो वार्ता निष्कर्षविहीन भएपछि आज बिहानदेखि दोस्रो चरणको वार्ता सुरु भएको हो । बिहीबार साँझ नै दोस्रो चरणको वार्ता हुने भनिएपनि पीडित पक्षले तयारी नपुग्ने भन्दै आज बिहानसम्मको समय मागेका...

मकवानपुरका स्याङतान पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर १३, ठाडो टोलबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय अन्दाजी २१ वर्षीय बिनोद स्याङतान रहेका छन् । स्याङतानलाई विशेष सूचनाको आधारमा पुगेको प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरी टोलीले आफ्नै घरबाट पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले...

दुर्घटनामा परेर एक जनाको मृत्यु, एक घाइते

रौतहट । रौतहटमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति पश्चिमबाट पूर्व जाँदै गरेको प्रदेश २ –२–००४ प ३०४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार सर्लाही हरिपुर नगरपालिका २ घर भएकी ४० वर्षीया राजकुमारी...

चार जना मृत अवस्थामा फेला

काठमाडौं । बिहीबार देशका विभिन्न जिल्लामा गरी चार जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको दैनिक समाचार बुलेटिनअनुसार चितवन, काठमाडौं, दार्चुला र कपिलवस्तुमा एक÷एक जना मृत अवस्थामा फेला परेका हुन् । प्रहरीले चितवनको माडी नगरपालिका–९ टमट्टा बस्ने ४७ वर्षीय शिवप्रसाद भण्डारी मृत फेला परेको जनाएको छ ।...

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशको गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहेको छ । यस्तै, आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ भने देशका केही स्थानहरूमा चट्याङ्ग...

बागमतीका १ लाखभन्दा बढी विद्यार्थी एसईईमा सहभागी हुँदै

मकवानपुर । आजबाट सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बागमती प्रदेशका १ लाख १ हजारभन्दा बढी जना विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास निर्देशनालयले बागमती प्रदेशभित्रका १३ वटा जिल्लाहरूको परीक्षार्थी, परीक्षाकेन्द्र र जनशक्ति तय गरेअनुसार, प्रदेशमा १ लाख १ हजार ७३३ जना विद्यार्थी सहभागी...

बुस्टर डोजमा जोड दिँदै स्वास्थ्य मन्त्रालय

काठमाडौं । गत सातादेखि एकाएक कोरोना संक्रमण बढ्न थालेपछि सीमा नाकाहरूमा पुनः कोभिड–१९ परीक्षण कार्यलाई निरन्तरता दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। समीरकुमार अधिकारीले नेपाल समाचारपत्रलाई दिएका जानकारीअनुसार सीमा नाकामा कोरोना महामारीको बेलामा बनाइएका संयन्त्रहरू सक्रिय बनाउन लागिएको हो । जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गराउन...

आजबाट एसईई परीक्षा, ४ लाख ८४ हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं । आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको आजको परीक्षा ११ बजे सकिनेछ । यसअघि राष्ट्रिय परीक्षा बोर्डले ७७ वटै जिल्लाका सबै जिम्मेवार निकायसँग अनलाइनमार्फत बैठक सम्पन्न गरेको थियो । परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गराउन ७८...

आज मन्त्रिपरिषद् विस्तार हुँदै, आजै शपथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । बिहीबार अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति नभएपछि मन्त्रिपरिषद् विस्तार मिति आजका लागि सरेको हो । शुक्रबार बिहान एक चरण छलफल गरेर दिउँसोसम्ममा शपथ दिलाउने गठबन्धनको तयारी रहेको एक नेताले बताए । बिहीबार बसेको...