नदीमा डुबेका बालकको मृत्यु

तु खबर संवाददाता
२०७९ चैत्र २४, शुक्रबार १७:१५
file photo

दाङ । दाङको देउखुरीमा राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । बिहीबार बेलुका ४ बजे राप्ती नदीमा नुहाउने क्रममा डुबेर प्युठानको झिमरूक गाउँपालिका–८ टिमुरेचौरका १३ वर्षीय विवेक सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शव शुक्रबार मध्यान्ह करिव १२ बजे फेला परेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । मृतक बालकको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा लगिएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।