मकवानपुरकी लामाको ‘ओके म बाट’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

तु खबर संवाददाता
२०७९ चैत्र २४, शुक्रबार १८:३६

मकवानपुर । मकवानपुरकी गायिका संजना लामा (थापा) र  गायक सरोज लामा को स्वरमा रहेको ‘ओके म बाट’ बोलको गीत सार्वजनिक भएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ४ स्थित गोल्पिङमा छायांकन भएको उक्त गीतको म्यूजिक भिडियो शुक्रबार ओपेरा डिजिटल युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

दिनेश श्रेष्ठकोे शब्द र संगीतमा रहेको उक्त गीतमा भिडियोको दृश्य सम्पादन भने शंकरा रेकर्डिङ स्टुडियोले गरेको हो । गीतमा हेमकुमार लामा, निरु कुरा, सञ्चिता घिमिरे र सरोज थापाले अभिनय गरेका छन् ।

हेर्नुहोस् भिडियो ।