दुर्घटनामा परेर कार्कीको मृत्यु
महोत्तरी । महोत्तरीको बर्दिबासस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल र गाडी एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गौशाला नगरपालिका बस्ने ३० वर्षीय मनिष कार्की रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, विपरित दिशाबाट आएको प्र २–०४–००१ प १३२७ नम्बरको मोटरसाइकल र प्रदेश.३ ०३–००१ ज ०२९७ नम्बरको विङगर गाडी एकापसमा ठोक्किएर दुर्घटना हुँदा कार्की गम्भीर घाइते भएका थिए ।
घाइते भएका उनलाई उपचारको लागि सुभस्वस्तिक अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।
विङगर गाडी र सर्लाही हरिवन बस्ने गाडी चालक निरज लामालार्इ प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
