समाचार

दोलखा र लमजुङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस

काठमाडौं । दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहान ११ बजेर २७ मिनेटको समयमा दोलखाको सुरी केन्द्रबिन्दु भएर ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो । यस्तै, दोलखामा भूकम्प गएको केही समयपछि नै लमजुङको मालिङ केन्द्रबिन्दु भएर...

कोरोना परीक्षण बिना नेपाल प्रवेशमा रोक

बैतडी । कोरोना संक्रमणको जोखिम बढेसँगै सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका नाकामा मास्क र कोरोना परीक्षण बिना नेपाल भित्रिन रोक लगाइएको छ । भारतबाट नेपाल भित्रिरहेकाहरुमा दैनिक रुपमा संक्रमण देखिरहेकाले मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको हो । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरेर मास्क...

कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठक बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । यसअघि बिहीबार कार्यसम्पादन समितिको बैठक बसेको थियो ।

उप–निर्वाचनका लागि एमालेले आज उम्मेदवार टुंग्याउने

काठमाडौं । नेकपा एमालेले बैशाख १० गते हुने उप–निर्वाचनका लागि आज उम्मेदवारको टुंगो लगाउने भएको छ । पार्टीको आज बस्ने सचिवालय बैठकले उम्मेदवार टुंगो लगाउने भएको हो । शुक्रबारसम्म जिल्लाबाट आकांक्षीहरूको नाम सिफारिस भएकाले आज बैठक बसेर उम्मेदवार टुंगो लगाउन लागेको छ । बारा क्षेत्र नम्बर–२, चितवन–२ र तनहुँ–१...

नुवाकोटमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा शुक्रबार टाटासुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । मृत्यु हुनेमा दुप्चेश्वर गाँउपालिका–४ का २५ वर्षीय छिरिङ तामाङ, १६ वर्षीया मनमाया तामाङ र ४५ वर्षीया सानुकान्छी तामाङ रहेका छन् । तीमध्ये छिरिङ र मनमायाको घटनास्थलमा मृत्यु...

यी भू–भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा, कोशी प्रदेशका थोरै स्थानहरुमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ । यस्तै, आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा...

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मिटरब्याज पीडितसँग छलफल गर्दैछन् । प्रधानमन्त्री प्रचण्डले छलफलका लागि मिटरब्याज पीडितहरुलाई बालुवाटारमा बोलाएका हुन् । मिटरब्याजीको विरोधमा तराईबाट हिँडेर काठमाडौँ आएका उनीहरूलाई प्रधानमन्त्री प्रचण्डले समस्या समाधानबारे छलफलका लागि बोलाएको बताइएको छ । काठमाडौंमा आन्दोलन गरिरहेका पीडितसँग सरकारले वार्ता समिति गठन गरेर वार्ता...

मकवानपुरको एक घरमा आगलागी

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नम्वर १ कुन्छाल फाटमा शुक्रबार दिउँसो एक घरमा आगलागी भएको छ । दिउँसो   ३ः१५ बजेको समयमा स्थानीय २६ वर्षीय दिपेन्द्र गोपालीको पुरानो डिजाईनको ४ (चार) कोठाको कच्चि घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव...

दुई डीआईजीको सरुवा, हेटौंडामा राणा

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका दुई जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ । सरुवा हुनेमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका उमेशराज जोशी र साइबर ब्युरोमा किरण राणा रहेका छन् । मन्त्रालयले जोशीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ र राणा बागमती प्रदेश प्रहरी...

कर्णालीका मुख्यमन्त्री शर्माले लिए दोस्रो पटक विश्वासको मत

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा ‘आर्ट’ ले दोस्रो पटक विश्वासको मत लिएका छन् । शुक्रबार प्रदेश सभाको नवौँ बैठकबाट उनले विश्वासको मत लिएका हुन् । बैठकमा ३९ जना सांसद सहभागी थिए । तीमध्ये मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको छ भने विपक्षमा १ मत मात्रै परेको छ ।...