ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो
उदयपुर । उदयपुरको गाईघाट बजारमा आज बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । ज्यान जानेमा उदयपुरको त्रियुगा नगरपालिका १४ बस्ने ४३ वर्षीय तारणी मगर रहेका छन् ।
आज बिहान करिब साढे ५ बजेको समयमा मे १ ख २१८४ नम्बरको ट्रकले प्रदेश १–०५–००१ प ६१५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मगरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रहरीका अनुसार, ठक्कर दिने ट्रक, चालक र मोटरसाइकललाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
