समाचार

मिटरब्याज पीडित र सरकारी टोलीबीच आज पनि वार्ता हुँदै

काठमाडौं । मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पनि वार्ता हुने भएको छ । गृह मन्त्रालयका सह–सचिव प्रदिप कोइरालाको नेतृत्वको सरकारी टोली र मिटरब्याजविरुद्ध किसान–मजदुर संघर्ष समितिबीच सोमबार पनि वार्ता हुन लागेको हो । संघर्ष समितिले अघि सारेका मागका बारेमा आइतबार छलफल भए पनि सहमति नभए पछि सोमबार...

आज प्रतिनिधि सभा बैठक, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको संघीय संसद सचिवालयले जनाएको छ । आजको बैठकमा सम्भावित दुई कार्यसूची छन् । सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीको पहिलो नम्बरमा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७८/०७९ छ । सो प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गर्ने...

पर्यटन मन्त्रालयले गर्यो सबै पर्यटन दुत बर्खास्त

काठमाडौं । पर्यटन मन्त्रालयले बहालवाला सबै पर्यटन पर्यटन दूत बर्खास्त गरेको छ । ‘पर्यटन प्रवर्द्धकसम्बन्धी कार्यविधि २०७९’ स्वीकृत गर्दै प्रक्रिया पूरा गरी पुनः नियुक्ति हुन सक्ने गरी बहाल रहेका सबै पर्यटन दूतहरूलाइ बर्खास्त गरेको हो । निवर्तमान पर्यटनमन्त्री जीवनराम श्रेष्ठको कार्यकालमा विभिन्न मुलुकमा नियुक्त गरिएका २५ जना पर्यटनदूतको नियुक्ति...

कोरियामा नेपाली श्रमिकको माग बढ्न सक्ने

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान लिइने कृषि तथा पशुपालनतर्फ दोस्रो चरणको भाषा परीक्षा सञ्चालन भएको छ । सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जानका लागि फागुन २३ गतेदेखि २०८० वैशाख १३ गतेसम्म सञ्चालन गरिने वैदेशिक रोजगार विभाग ईपीएस कोरिया...

नेपालमा भेटियो नयाँ प्रजातिको माछा

काठमाडौं । विराटनगरस्थित सिङ्घिया नदीमा नयाँ प्रजातिको माछा फेला परेको छ । अनुसन्धानकर्ताले नेपालमै पहिलो पटक यस्तो प्रजातिको माछा भेटिएको दाबी गरेका छन् । झापा र मोरङका पाँच नदीमा गरिएको खोज अनुसन्धानका क्रममा विराटनगरको पूर्वी सिमाना भएर बग्ने सिङ्घियाको तल्लो तटीय क्षेत्रमा नयाँ माछा एम्ब्लिसेप्स वाइखोमी’ फेला परेको हो...

बीमा पोलिसी समर्पणबाट झण्डै ९ अर्ब रुपैयाँ फिर्ता

काठमाडौं । पछिल्लो समय नेपालमा बीमा पोलिसी समर्पण (सरेन्डर) गर्ने बीमितको संख्या बढेको छ । पोलिसी सरेन्डर गर्ने बीमितको संख्या बढ्दा चालू आर्थिक वर्षको ८ महीनामै जीवन बीमा कम्पनीहरूले झन्डै ९ अर्ब रुपैयाँ बीमा शुल्क फिर्ता गर्नुपरेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा बीमितहरूले...

आजको मौसम : स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव कायमै

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, सोमबार देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना...

बागमती प्रदेश सरकार विस्तारः नवनियुक्त मन्त्रीहरुले लिए सपथ

मकवानपुर । बागमती प्रदेश सरकार आइतबार विस्तार भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेको तर्फबाट बहादुर सिंह लामालाई आर्थिक मामिला तथा योजनामन्त्री र तीर्थ लामालाई खानेपानी उर्जा तथा सिचाईमन्त्री नियुक्त गरेका हुन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नवनियुक्त...

सन्दीप लामिछाने : जाहेरीकर्ताको स्वास्थ्य परीक्षणका लागि चिकित्सक झिकाउन आदेश

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतले जाहेरीकर्ताको स्वास्थ्य परीक्षण गर्न चिकित्सकलाई झिकाउन आदेश दिएको छ । आइतबार न्यायाधीश शंकरराज बरालको इजलासले जाहेरीकर्ताको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक झिकाउन आदेश दिएका हुन् । आइतबार वादीतर्फका कानून व्यवसायीहरुले मेडिकल टिमका मुख्य डाक्टरको बकपत्र चाहिने माग गरेपछि...

बागमती प्रदेश : कांग्रेसका दुई सांसद मन्त्री बन्दै

मकवानपुर । बागमती प्रदेशमा आइतबार मन्त्रीपरिषद् विस्तार हुँदैछ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले केहीबेरमा मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । मुख्यमन्त्री जम्मकट्टेलले नेपाली कांग्रेसको तर्फबाट २ जना मन्त्री गर्न लागेका हुन् । कांग्रेसबाट बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा र तीर्थ लामा आज मन्त्री बन्ने भएका हुन् ।...