मिटरब्याज पीडित र सरकारी टोलीबीच आज पनि वार्ता हुँदै

तु खबर संवाददाता
२०७९ चैत्र २७, सोमबार ०८:५३
file-photo

काठमाडौं । मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पनि वार्ता हुने भएको छ । गृह मन्त्रालयका सह–सचिव प्रदिप कोइरालाको नेतृत्वको सरकारी टोली र मिटरब्याजविरुद्ध किसान–मजदुर संघर्ष समितिबीच सोमबार पनि वार्ता हुन लागेको हो ।

संघर्ष समितिले अघि सारेका मागका बारेमा आइतबार छलफल भए पनि सहमति नभए पछि सोमबार पुनः गर्न लागिएको संयोजक अवधेस कुशवाहले जानकारी दिए ।

उनका अनुसार, मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत तमसुक, दृष्टिबन्धक, रजिष्ट्रेसन र चेकलगायत मन्त्रीपरिदषको निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायत ६ बुँदे मागमा सरकारी वार्ता टोली समक्ष राखिएको छ ।