बागमती प्रदेश : कांग्रेसका दुई सांसद मन्त्री बन्दै

तु खबर संवाददाता
२०७९ चैत्र २६, आईतवार १८:०५

मकवानपुर । बागमती प्रदेशमा आइतबार मन्त्रीपरिषद् विस्तार हुँदैछ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले केहीबेरमा मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

मुख्यमन्त्री जम्मकट्टेलले नेपाली कांग्रेसको तर्फबाट २ जना मन्त्री गर्न लागेका हुन् । कांग्रेसबाट बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा र तीर्थ लामा आज मन्त्री बन्ने भएका हुन् ।

मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकारमा सहभागी हुन लागेका बहादुरसिंहले आर्थिक मामिला तथा योजना मन्त्रालय र तीर्थले खानेपानी, उर्जा तथा सिचाईँ मन्त्रालयको जिम्मेवारी पाउने भएका मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार, नवनियुक्त मन्त्रीहरुको साढे ६ बजे प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले पद तथा गोपनीताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।