समाचार
बारा–२ : रास्वपाका रमेश खरेलले गरे उम्मेदवारी दर्ता
बारा । बारा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट रमेश खरेलले उम्मेदवारी दर्ता गरेका छन् । एमालेका पुरुषोत्तम पौडेल, जसपाका उपेन्द्र यादव र नागरिक उन्मुक्तिका डा. कमरुल्लाह अन्सारीपछि खरेलले उम्मेदवारी दर्ता गराएका हुन् । बैशाख १० मा हुने उपनिर्वाचनका लागि दलहरुले आज उम्मेदवारी दर्ता गराएका हुन् ।
राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । ६ वर्षे अवधि भएको विकास ऋणपत्र २०८५ मंगलबार बिक्री हुने भएको हो । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्ती संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकलाई...
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाद्वारा दुई जना पक्राउ
बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले १५ हजार रुपैयाँ घुस रकमसहित दुई जनालाई पक्राउ गरेको छ । अख्तियार आयोगले बाराबाट एक जना खरदार र लेखापढी कानून व्यवसायीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मालपोत कार्यालय बाराको राजश्व फाँटमा कार्यरत रामविश्वास साह कानु र लेखापढी कानून व्यवसायी गौरीशंकर कुशवाह...
सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको छैटौं चरणका खेलहरू आजबाट सुरु हुँदैछन् । सोमबार दुई खेलहरू हुनेछन् । जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुने भएको छ । च्यासल मैदानमा दुई विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल...
आज मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौं । सरकार पुनर्गठनपछि पहिलो पटक आज मन्त्रिपरिषद बैठक बस्दैछ । बैठक आज अपरान्ह ४ बजे बस्ने भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले चैत्र १७ गते कांग्रेसबाट ४, एकीकृत समाजवाबाट २, माओवादी, लोसपा, जसपा, नागरिक उन्मुक्ति र नेसपाबाट १ १ जना मन्त्री थपेका थिए...
पशुपति माविको व्यवस्थापन समितिको अध्यक्षमा गौतम
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–४, मसिनेस्थित पशुपतिनाथ माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा माधव गौतम चयन भएका छन् । विद्यालयको आइतबार सम्पन्न अभिभावक भेलाबाट अध्यक्षमा गौतमलाई चयन गरिएको हो । तेस्रो कार्यकालका लागि गौतमलाई अध्यक्ष चयन गरेको हो । दुई कार्यकाल अध्यक्षको नेतृत्व गर्दा गौतम अभिभावक, विद्यार्थी र शिक्षककाबीचमा लोकप्रिय...
नागरिक उन्मुक्तिले तीन वटै निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार उठाउने
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आगमी बैशाख १० गते हुने उप–निर्वाचनमा तीन वटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ । सत्तारुढ १० दलीय गठबन्धनमा रहेको उन्मुक्ति पार्टीले अन्य कुनै दललाई पनि समर्थन नदिने जनाउँदै तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउन लागेको हो । बारा–२ मा रामचन्द्र चौधरी, चितवन–२ मा...
उप–निर्वाचनको मनोनयन दर्ता गर्न जाँदा जुलुस गर्न नपाइने
काठमाडौं । निर्वाचन आयोगले उप–निर्वाचनका लागि आज हुने उम्मेदवारी मनोनयन गर्न जाँदा जुलुस प्रदर्शनदेखि झण्डासमेत निषेध गरेको छ । चितवन–२, तनहुँ–१ र बारा–२ मा हुन गइरहेको उप–निर्वाचनका लागि उम्मेदवार मनोनयनमा मन्त्रीहरू जानसमेत निषेध गरिएको छ । आयोगका प्रवक्ता शालिग्राम पौडयालले जारी गरेको प्रेस विज्ञप्ति अनुसार सरकारी कर्मचारी पनि उम्मेदवारको...
जबरजस्ती करणीका आरोपित ९ वर्षपछि कारागार चलान
सप्तरी । जबरजस्ती करणीको आरोप लागेर फरार रहेका एक जनालाई प्रहरीले ९ वर्षमा पक्राउ गरी आइतबार कारागार चलान गरेको छ । जबरजस्ती करणी मुद्दामा ६ वर्ष कैद फैसला भएको साबिक सप्तरी मलेठ गाविस–७ हाल राजविराज नगरपालिका–९ बस्ने अकवर मिया ४२ वर्षीय छोरा जावुल मियालाई प्रहरीले पक्राउ गरी कारागार चलान...
दुर्घटनामा परेर ट्याक्टर चालकको मृत्यु
सप्तरी । सप्तरीको बोदेबर्साईन नगरपालिका–३ सारसरमा ट्याक्टर पल्टिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक बोदेबर्साईन–१ धनगढी बस्ने अन्दाजी २२ वर्षीय पङ्कज यादव रहेका छन् । आइतबार बिहान सारसर पुवारी टोलस्थित भित्री सडकखण्डमा सारसरबाट धनगढीतर्फ जाँदै गरेको प्र–२–०१–००१ त २५१७ नम्बरको ट्याक्टर अनियन्त्रित भई...










