समाचार

तातोपानी नाका आजदेखि बैशाख २ गतेसम्म बन्द हुने

काठमाडौं । तातोपानी नाका एक साताका लागि बन्द हुने भएको छ । पूर्ण रूपमा सञ्चालनको तयारीका लागि भन्दै चैत्र २८ देखि बैशाख २ गतेसम्म बन्द गर्न लागिएको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । दूतावासका अनुसार, दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरि सुरु गर्ने तयारीको लागि सिया स्वायत्त क्षेत्र जनसरकार र नेपालको...

आज यी प्रदेशमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । यस्तै, आज राति देशका पहाडी...

सरकारी टोली र मिटरब्याज पीडितबीच आज पनि वार्ता हुने

काठमाडौं । मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पनि वार्ता हुने भएको छ । गृह मन्त्रालयका सह सचिव प्रदीप कोइरालाको नेतृत्वको सरकारी वार्ता टोली र मिटरब्याजविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिबीच मंगलबार पनि वार्ता हुने भएको हो । संघर्ष समितिले अघि सारेका मागका बारेमा आइतबार र सोमबार छलफल भए पनि...

उपमेयर कप पुरुष तथा महिला भलिबलमा आजबाट क्वार्टर फाइनल खेल हुने

मकवानपुर । पाँचौ संस्करणको हेटौंडा उपमहानगरपालिका स्तरीय उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुष तर्फ वडा नम्बर ४, ५, ६, ८, ११, १२, १६ र १९ क्वार्टर फाइनल प्रवेश गरेका छन् । सोमबारबाट सुरु भएको प्रतियोगितामा लिग चरण्का खेलहरु सकिदा महिलातर्फ वडा नम्बर २, ६, ९, ११, १२,...

पर्यटन मन्त्रालयले नेपाल एयरलाइन्सलाई सोध्यो स्पष्टीकरण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमलाई उडान प्रक्रियाका दौरान गरेका लापरबाहीबारे दोस्रो स्पष्टीकरण सोधेको छ । पर्यटन मन्त्री सुदन किरातीका अनुसार, यसअघि सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै मन्त्रालयले निगमलाई दोस्रो स्पष्टीकरण सोध्ने निर्णय गरिएको हो । मन्त्रालयले निगमलाई मलेसियाको क्वालालाम्पुरमा चार्टर फ्लाइटबाट निगमलाई...

एकैदिन १२४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । एकैदिन कोरोना संक्रमितको संख्या एक सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार ५६६ नमुनामध्‍ये ९०३ जनाको पीसीआर परीक्षण गर्दा ७७ जना र १ हजार ६६३ जनाको एन्टिजेन...

फेसबुकमा महिलाको चरित्र हत्या गर्ने युवक पक्राउ

काठमाडौं । प्रहरीको साइबर ब्‍यूरोले सामाजिक सञ्जाल फेसबुकको दुरूपयोग गरी महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गाउँपालिका–६ बस्‍ने २० वर्षीय कादिर मोमिन रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा साइबर ब्‍यूरोले झापाबाटै पक्राउ गरेको हो । कादिरले पीडित महिलाको...

मिटरब्याज पीडित र सरकारी प्रतिनिधिबीचको वार्ता सकारात्मक

काठमाडौं । सरकारी प्रतिनिधि र आन्दोलनरत मिटरब्याज पीडितका प्रतिनिधिबीच सोमबार भएको वार्ता सकारात्मक भएको छ । गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको नेतृत्वमा सोमबार दोस्रो दिन पीडितहरुसँग गरेको वार्तामा दुवै पक्षले आ–आफ्ना धारणा राखेका थिए । सो क्रममा पीडितहरुले यसअघि भएका सहमति कार्यान्वयन र पछिल्लो पटक संर्घष समितिले पेश गरेका...

सर्वोच्चद्वारा देउवा विपक्षी दलको नेता बन्न नमिल्नेसम्बन्धी रिट खारेज

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको मान्यता नदिन मागसहित दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्चका न्यायाधीश डा.आनन्दमोहन भट्टराई र डा.मनोज शर्माको संयुक्त इजलासले रिट खारेज हुने फैसला सुनाएको हो । प्रमुख प्रतिपक्षी दल रहेको कांग्रेसले गत पुस २६...

उप–निर्वाचन बहिस्कार गर्ने क्रान्तिकारी माओवादीको निर्णय

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) ले आगामी बैशाख १० मा हुने उप–निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ । पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ ले एक वक्तव्य जारी गर्दै तनहुँको क्षेत्र नं. १, चितवनको क्षेत्र नं. २ तथा बाराको क्षेत्र नं. २ मा हुने भनिएका उपनिर्वाचन बहिष्कार गर्ने जानकारी गराएका...