तातोपानी नाका आजदेखि बैशाख २ गतेसम्म बन्द हुने

तु खबर संवाददाता
२०७९ चैत्र २८, मंगलवार ०८:२२
file-photo

काठमाडौं । तातोपानी नाका एक साताका लागि बन्द हुने भएको छ । पूर्ण रूपमा सञ्चालनको तयारीका लागि भन्दै चैत्र २८ देखि बैशाख २ गतेसम्म बन्द गर्न लागिएको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।

दूतावासका अनुसार, दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरि सुरु गर्ने तयारीको लागि सिया स्वायत्त क्षेत्र जनसरकार र नेपालको स्थानीय सरकारबीच सम्झौता भएको छ ।

यससँगै कार्गो आदानप्रदान तयारीका लागि जाङ्मु र तातोपानी बन्दरगाह चैत्र २८ गतेदेखि बैशाख २ गतेसम्म अस्थायी रूप बन्द रहने पनि दूतावासले जनाएको हो ।