मिटरब्याज पीडित र सरकारी प्रतिनिधिबीचको वार्ता सकारात्मक
काठमाडौं । सरकारी प्रतिनिधि र आन्दोलनरत मिटरब्याज पीडितका प्रतिनिधिबीच सोमबार भएको वार्ता सकारात्मक भएको छ ।
गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको नेतृत्वमा सोमबार दोस्रो दिन पीडितहरुसँग गरेको वार्तामा दुवै पक्षले आ–आफ्ना धारणा राखेका थिए ।
सो क्रममा पीडितहरुले यसअघि भएका सहमति कार्यान्वयन र पछिल्लो पटक संर्घष समितिले पेश गरेका मागका बारेमा दोहोरो संवाद भएपनि सहमति हुन नसकेको पीडित पक्षका मृग नबिनले जानकारी दिए ।
