समाचार
सभामुखको अधिकार कटौतीका लागि राखिएको प्रस्ताव फिर्ता
काठमाडौं । सांसदहरुले सभामुखको अधिकार कटौतीसम्बन्धी राखेको प्रस्ताव प्रतिनिधि सभा बैठकमा फिर्ता लिएका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सो नियमावलीको मस्यौदा पारित गर्नका लागि भइरहेको छलफलका क्रममा संशोधन प्रस्तावक सांसदहरु रामहरि खतिवडा, रेखा यादव लगायतका सांसदहरुले संशोधन फिर्ता लिएका हुन् । सभामुखले सांसदहरुले राखेका संशोधन प्रस्तावलाई निर्णयार्थ...
दुर्घटनामा हेटौंडाका पाण्डेको मृत्यु
काठमाडौं । काठमाडौंको बल्खुमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सानेपाबाट कलङ्कीतिर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख १७१५ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेशमा दर्ता रहेको ९८३५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्कुटर चालक मकवानपुरस्थित हेटौंडा घर...
हेटौंडाका श्रेष्ठसहित दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले शनिबार साँझ लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेस्थित सडकबाट लागूऔषध गाँजा करिब २ केजी ९ सय ग्रामसहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडा उपमहानगरपालिका–८ बस्ने ३४ वर्षीय सुजन श्रेष्ठसहित दुई...
आइतबार २३ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक २३ अंकले घटेर १८८५ को विन्दुमा पुगेर रोकिएको छ । आज नेप्सेमा सूचीकृत २६० कम्पनीको ३६ लाख ४९ हजार १९६ कित्ता शेयर किनबेच हुँदा एक अर्ब १६ करोड २६ लाख रुपैयाँमाथिको कारोबार भएको...
कांग्रेसले तनहुँ र चितवनको उपनिर्वाचनका लागि दुई महामन्त्री खटायो
काठमाडौं । नेपाली कांग्रेसले आगामी बैशाख १० मा हुने उपनिर्वाचनका लागि दुई महामन्त्रीलाई खटाएको छ । कांग्रेसले महामन्त्री गगन थापालाई तनहुँ– १ र महामन्त्री विश्वप्रकाश शर्मालाई चितवन–२ मा खटाएको हो । तनहुँ–१ का कांग्रेस उम्मेदवार गोविन्द भट्टराईको उम्मेदवारी दर्ता गराउन महामन्त्री थापा भोलि तनहुँ जाने भएका छन् । महामन्त्री...
मेयरको सट्टामा एसईई परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ
रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुका सट्टामा एसईई दिने नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा गरुडा नगरपालिका–६ पोठीयाहीका कमल साह कानु रहेको प्रहरीले जनाएको छ । मौलापुर नगरपालिका अन्तर्गत लक्ष्मीनिया मावि परीक्षा केन्द्रमा मेयर कानुको सट्टामा एसईई परीक्षा दिइरहेका कमललाई अनुगमन टोलीले पक्राउ...
राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा सुधार आएको छ । त्रिवि शिक्षण अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाले एक विज्ञप्ती जारी गर्दै राष्ट्रपतिको स्वास्थ्यमा सुधार आएको जानकारी गराएका हुन् । विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्य असहजता भइ अस्पतालमा भर्ना हुनु भएका राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था...
उप–निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
काठमाडौं । आगामी बैशाख १० मा हुने प्रतिनिधि सभा सदस्यको उप–निर्वाचनका लागि यही चैत्र २० गते सोमबार उम्मेदवारको मनोनयन पत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यसूची अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता...
प्रतिनिधि सभा सदस्य अन्सारीद्वारा शपथ ग्रहण
काठमाडौं । प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीले शपथ ग्रहण गरेकी छन् । उनलाई सभामुख देवराज घिमिरेले आइतबार सिंहदरबारमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । समानुपातिक निर्वाचन प्रणालीबाट जसपा नेपालको समावेसी समूह, मुस्लिम–महिलामा निर्वाचित शहनाज रहमानको निधन भएपछि रिक्त पदमा जसपाले अन्सारीको नाम सिफारिस गरेको थियो ।...
फाखेल–सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध
मकवानपुर । हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको मार्ग भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डमा यातायात सेवा अवरुद्ध गरिएको छ । सडक विस्तार तथा स्तरोन्नतीको कार्य भईरहेकाले उक्त सडकखण्डमा यातायात अवरुद्ध गरिएको हो । उक्त सडक विस्तार तथा स्तरोन्नतीको क्रममा यातायात सञ्चालन गर्दा दुर्घटनाको जोखिम हुने भन्दै आजबाट तीन हप्तासम्म यातायात सेवा अवरुद्ध गरिएको जिल्ला...










