मकवानपुरका डिमडुङ्गसहित दुई जना प्रहरीको फन्दामा
ललितपुर । ललितपुर महानगरपालिका–१७ ग्वार्कोबाट ५०० ग्राम तौल भएको सालकको खपेटासहित प्रहरीले दुई जनालाई आइतबार बिहान पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुर बागमती गाउँपालिका–९ घर भई हाल ललितपुरको गोदावरी नगरपालिका–११ चापागाउँ बस्ने ३६ वर्षीय डगरमान डिमडुङ्ग र ललितपुर गोदावरी नगरपालिका–२ घर भई सोही नगरपालिका–७ थैव बस्ने ३५ वर्षीय सुरज तामाङ रहेका छन् ।
उनीहरुलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उक्त तौलको खपेटासहित फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुरमा पठाएको जनाइएको छ ।
