प्रतितोला ७०० रुपैयाँले घट्यो सुनको भाउ
काठमाडौं । सोमबार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ७०० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ७०० रुपैयाँले घट्दै १ लाख ९ हजार ३०० रुपैयाँमा झरेको हो ।
यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा ७ सय रुपैयाँले नै घट्दै प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
उता चाँदीको भाउ भने अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले घट्दै एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ ।
