मंगलबार सुनको भाउ घट्यो

तु खबर संवाददाता
२०८१ पुष १६,मंगलवार ११:२८

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ घटेको छ । यसदिन सुन प्रतितोला ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, भाउ घटेसँगै मंगलबार सुन तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलामा १ लाख ५० हजार २०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेको छ । यसअघि तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको चाँदी आज तोलामा १ हजार ७६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सोमबार भने सार्वजनिक विदा भएका कारण सुनचाँदीको मूल्य निर्धारण भएको थिएन ।