शेयर बजारमा झिनो अंकको सुधार
काठमाडौं । लगातार घटेको शेयर बजारमा आज सोमबार झिनो अंकको सुधार आएको छ । आज नेप्से सूचक ५.५४ अंकले बढेर १८४४ को विन्दुमा पुगेर रोकिएको छ ।
नेप्सेमा सामान्य सुधार देखिएपनि आज कारोबार भने माथि उक्लिएको छैन । आज नेप्सेमा सूचीकृत २६१ कम्पनीको २९ लाख ६० हजार ८६३ कित्ता शेयर किनबेच हुँदा ९१ करोड १९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज फाइनान्स उपसूचक बाहेकका सबै उपसूचकमा हरियाली छाएको छ । सर्वाधिक आज होटल तथा पर्यटन उपसूचकको १.७१ प्रतिशतले बढेको छ भने फाइनान्स इन्डेक्स ०.११ प्रतिशतले घट्न पुगेको हो ।
