पेस्तोलसहित हेटौंडाका घलान पक्राउ

तु खबर संवाददाता
२०७९ चैत्र २७, सोमबार १०:३५
सांकेतिक तस्बिर

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–३, बसामाडीबाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगर पदमपोखरी भोर्ले बस्ने अन्दाजी ४४ वर्षीय सुरेश घलान रहेका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बसामाडीस्थित सरस्वरी पेट्रोलपम्म नजिक पैदल हिडिरहेको घलानलाई चेकजाँच उनले बोकेको झोलाबाट युएसए अटोमेटिक पेस्तोल (म्याग्जिन सहित, गोली नभएको) बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

पक्राउ परेका घलानमाथि आवश्यक खनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।