समाचार
थप ७६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७६ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । सो अवधिमा १ हजार ५११ जनामा गरिएको परीक्षणमा ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा १६ जना संक्रमित निको हुँदा २८ हजार ७०३ जनाले खोप लगाएका छन् ।...
दिल्लीबाट ७ जना नेपाली बालबालिकाको उद्धार
काठमाडौं । भारतको राजधानी दिल्लीस्थित नयाँ दिल्ली रेल्वे स्टेशनबाट ७ जना नेपाली बालबालिकाहरुको उद्धार गरिएको छ । एक हप्ता लामो विशेष उद्धार अभियानबाट ७ नेपाली बालबालिकाको उद्धार गरिएको हो । बाल कल्याण समितिसहित सलाम बालक, प्रयास संस्था, साथी संस्था, चाइल्ड लाईन १०९८, रेल्वे अथोरिटी, आरपीएफ र जीआरपीको संयुक्त पहलमा...
१६ अंकले घट्यो नेप्स परिसूतक
काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १६.९१ अंकले घटेर १८७१ को विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा सूचीकृत २६० कम्पनीको २८ लाख १२ हजार ९९० कित्ता शेयर किनबेच हुँदा ९१ करोड ५१ लाख ६७ हजार रुपैयाँमाथिको कारोबार भएको...
जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ घाइते
धनगढी । बैतडीमा सोमबार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका–५ को तिलकपुर भीटामा से १ ज २९५ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु पञ्चेश्वर–५ कै ५५ वर्षीय महादेव भट्ट रहेका छन् ।...
संसदीय सुनुवाइ समिति गठनको तयारी
काठमाडौं । सत्तारुढ दलहरु संसदीय सुनुवाइ समिति गठनको गृहकार्यमा जुटेका छन् । संवैधानिक परिषदको बैठक बस्न कानुनी शुन्यताको अवस्था रहेकाले यस सम्बन्धी विधेयक संसदमा लागिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गत फागुन १२ गते संसदमा ‘संवैधानिक परिषद् (काम, कर्तव्य,...
बारा–२ : रास्वपाका रमेश खरेलले गरे उम्मेदवारी दर्ता
बारा । बारा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट रमेश खरेलले उम्मेदवारी दर्ता गरेका छन् । एमालेका पुरुषोत्तम पौडेल, जसपाका उपेन्द्र यादव र नागरिक उन्मुक्तिका डा. कमरुल्लाह अन्सारीपछि खरेलले उम्मेदवारी दर्ता गराएका हुन् । बैशाख १० मा हुने उपनिर्वाचनका लागि दलहरुले आज उम्मेदवारी दर्ता गराएका हुन् ।
राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । ६ वर्षे अवधि भएको विकास ऋणपत्र २०८५ मंगलबार बिक्री हुने भएको हो । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्ती संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकलाई...
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाद्वारा दुई जना पक्राउ
बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले १५ हजार रुपैयाँ घुस रकमसहित दुई जनालाई पक्राउ गरेको छ । अख्तियार आयोगले बाराबाट एक जना खरदार र लेखापढी कानून व्यवसायीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मालपोत कार्यालय बाराको राजश्व फाँटमा कार्यरत रामविश्वास साह कानु र लेखापढी कानून व्यवसायी गौरीशंकर कुशवाह...
सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको छैटौं चरणका खेलहरू आजबाट सुरु हुँदैछन् । सोमबार दुई खेलहरू हुनेछन् । जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुने भएको छ । च्यासल मैदानमा दुई विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल...
आज मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौं । सरकार पुनर्गठनपछि पहिलो पटक आज मन्त्रिपरिषद बैठक बस्दैछ । बैठक आज अपरान्ह ४ बजे बस्ने भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले चैत्र १७ गते कांग्रेसबाट ४, एकीकृत समाजवाबाट २, माओवादी, लोसपा, जसपा, नागरिक उन्मुक्ति र नेसपाबाट १ १ जना मन्त्री थपेका थिए...










