समाचार
बागमती प्रदेश मन्त्रिपरिषद् : यस्ता छन् निर्णय
मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले विभिन्न तीन वटा निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको बैठकले विभिन्न तीन वटा निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । बैठकले प्रदेश चिठ्ठा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत...
अब फेरि कांग्रेसले सरकारको नेतृत्व लिने देउवाको दाबी
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अब फेरि कांग्रेसले सरकारको नेतृत्व लिने दाबी गरेका छन् । सभापति देउवाले मंगलबार काठमाडौंमा आयोजित पार्टी निकट नेपाल शिक्षक संघको नवौँ संघीय महाधिवेशनमा बोल्दै यस्तो बताएका हुन् । कार्यक्रममा उनले अहिले कांग्रेस सरकारमा सहभागी भएको उल्लेख गर्दै अहिले संयुक्त सरकार...
मंगलबार दोहोरो अंकले बढ्यो नेप्से
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से सूचक २७.३१ अंकले बढेर १८७१ को विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा सूचीकृत २६२ कम्पनीको ३३ लाख १५ हजार ७२० कित्ता शेयर किनबेच हुँदा जम्मा ९४ करोड ५२ लाख रुपैयाँमाथिको कारोबार भएको...
एक महिनामा १ खर्ब ४ अर्ब रेमिट्यान्स भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीबाट एक महिनाको अवधिमा १ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/०८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक अनुसार, उक्त रकम बराबरको रेमिट्यान्स भित्रिएको पाइएको छ । यसको वृद्धिदर २५.३ प्रतिशत...
जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
पर्वत । पर्वतको महाशिला गाउँपालिकामा गएराति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । सदरमुकाम कुश्माबजारबाट महाशिलातर्फ जाँदै गरेको ग २ च ६९० नंको जिप महाशिला–५ काहुलेमा दुर्घटना हुँदा चालक महाशिला–४ धनुवासका ३७ वर्षीय ख्यामबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ...
दोल्ती पावर कम्पनीको आईपीओ आजबाट खुला
काठमाडौं । दोल्ती पावर कम्पनीले सर्वसाधारणका लागि मंगलबारबाट आईपीओ खुला गरेको छ । इच्छुक व्यक्तिले उक्त शेयरमाआजबाट २०८० बैशाख ३ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा बैशाख १२ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ...
अवैध लागूऔषधसहित २ जना पक्राउ
सप्तरी । सप्तरीको खडक नगरपालिका वडा नम्वर ४ पंसेरा टोलबाट अवैध लागूऔषध गाँजासहिच प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरी लागूऔषध गाँजा २०० ग्रामसहित २ जनालाई सोमबार बिहान पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३५ बर्षी शंकर प्रसाद चौधरी र २० वर्षीय सुरज पासवान रहेका...
रास्वपाको बैठक बस्दै, अडियो प्रकरणबारे छलफल हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’ का बारेमा छानबिन गर्नका लागि बैठक बस्न लागेको हो । बैठकमा सांसद श्रेष्ठले सोमबार बुझाएको स्पष्टीकरणका...
अमेरिकामा गोली चल्दा पाँच जनाको ज्यान गयो
काठमाडौं । अमेरिकाको केन्टकी शहरको एक बैंकमा गोली चल्दा पाँच जनाको ज्यान गएको छ । ओल्ड नेशनल बैंकका २३ वर्षीय कर्मचारीले नै बैंकभित्र गोली चलाउँदा पाँच जनाको ज्यान गएको हो । उनले इन्स्टाग्राममा आक्रमणको प्रत्यक्ष प्रसारणसमेत गरेका थिए । उनले हानेको गोली लागेर चार जनाको ज्यान गएको र प्रहरीको...
अवैध चिनीसहित दुई ट्रक प्रहरीको नियन्त्रणमा
नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको बर्दघाटबाट अवैध चिनिसहित दुई वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । प्रज्ञापन पत्रमा उल्लेख भएको भन्दा बढी करिब ४२ टन चिनीसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलले जनाएको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा तालिम शिक्षालय...










