समाचार

चितवन–२ का उम्मेदवार रवि लामिछानेविरुद्ध उजुरी दर्ता

काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेविरुद्ध युवराज पौडेल (सफल) ले चितवन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन् । नेपालको संविधान २०७२ को धारा २९१ ले विदेशको...

सिटी होटलको आइपीओ बिक्री खुला

काठमाडौं । सिटी होटलले आईपिओ आजबाट बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि उक्त आईपिओ निष्काशन गरेको हो । होटलले सर्वसाधारणको लागि भने बैशाख २५ गतेदेखि आईपिओ बिक्री खुला गर्ने जनाएको छ । सिटी होटलले आफ्नो जारी पुँजीको १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको...

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलको छैटौँ चरण अन्तर्गत मंगलवार दुई खेल हुँदैछ । लिग अन्तर्गत आज एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । दुवै खेल दिउँसो २ बजे शुरु हुनेछन् । च्यासल मैदानमा न्युरोड टिम एनआरटी र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ...

गृहमन्त्री र सचिवको सुराकी खर्च अधिकार खारेज

काठमाडौं । सरकारले गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनमा तजबिजी खर्च गर्न पाउने अधिकार खारेज गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले बिलभर्पाइ पेश गर्न नपर्ने गरी गृहमन्त्री र सचिवले खर्च गर्न पाउने अधिकार कटौती गरेको हो । सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार, सुराकी खर्चवापत हाल गृहमन्त्रीले...

खुकुरी प्रहार गरी वृद्ध हत्या, चार जना पक्राउ

काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिका–४ बेतालीमा एक वृद्धको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । स्थानीय ८४ वर्षीय सम्शेरबहादुर थापा मगरको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । हत्याको आरोपमा ४५ वर्षीया रामपियारी खड्का, ६२ वर्षीय मानबहादुर...

बागमती प्रदेशमा दिनहुँ बढ्दै कोरोना संक्रमित

मकवानपुर । बागमती प्रदेशमा पछिल्लो समयमा कोरोना संक्रमणको दर दिनहुँ बढ्दै गएको छ । कोरोना संक्रिमितको संख्यालाई आधार मान्दा पनि यस प्रदेशका शहरी क्षेत्रहरुमा कोरोना संक्रमितको दर बढ्दै गएको हो । सोमबार प्रदेशका विभिन्न जिल्लामा एकैदिन ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ सय ६६ जनाको कोरोना...

हेटौंडाका महिला जनप्रतिनिधिलाई क्षमता विकास तालिम

मकवानपुर । हेटौंडा उपमहानगरपालिका क्षेत्रका विभिन्न वडामा निर्वाचित भएका महिला जनप्रतिनिधिका लागि नेतृत्व तथा क्षमता विकास तालिम सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखाको आयोजनामा पाँच दिने तालिक सुरु भएको हो । उक्त तालिमको उपमहानगरका कार्यबाहक नगर प्रमुख राजेश बानियाँले सोमबार एक कार्यक्रमबीच उद्घाटन गरेका हुन्...

इन्धनमा घटेको मूल्य आजदेखि लागू हुने

काठमाडौं । नेपाल आयल निगमले घटाएको इन्धनको नयाँ मूल्य आजदेखि लागू हुने भएको छ । निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले  डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर १०/१० रुपैयाँको दरले घटाएको थियो । यसैगरी, पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ । खाना पकाउने ग्याँसको मूल्य भने हाललाई...

आज चट्याङसहित क्षणिक वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम...

उप–निर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख १० गते हुने उप–निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिने समय तोकेको छ । आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार, सोमबार मनोनयन दर्ताविरुद्ध उजुरी दिनका लागि आजलाई समय तोकिएको हो । चितवन–२, तनहुँ–१ र बारा–२ मा आगामी बैशाख १० गते हुने...