समाचार

अवैध अमेरिकी डलरसहित ९ जना नेपाली पक्राउ

काठमाडौं । अवैध अमेरिकी डलरसहित प्रहरीले सोमबार साँझ ९ जना नेपालीलाई पक्राउ गरेको छ । सोमबार साँझ दुबई जान लागेका उनीहरूलाई त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको त्रिअबि प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, पक्राउ परेकामध्ये ८ जना दुबई हुँदै क्रोयसिया र रोमानिया जाने तयारीमा थिए । अर्का एक जना...

कोरोना संक्रमणका कारण १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । वीर अस्पतालमा उपचाररत् ७८ वर्षीय वृद्धको संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार, ती वृद्ध गत चैत्र १९ गते अस्पताल भर्ना भएका थिए । भर्ना हुन आउँदै उनमा गम्भीर निमोनियाको समस्या...

माओवादी केन्द्रद्वारा पार्टी संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले पार्टी संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गरेको छ । मंगलबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले पाँच सदस्यीय कार्यदल गठन गरेको हो । बैठकले संसदीय दलको विधान संशोधनका लागि पार्टीका प्रमुख सचेतक हितराज पाण्डको संयोजकत्वमा प्रतिनिधि सभाका सांसदहरु पूर्ण घर्ती...

नयाँ वर्षको अवसरमा हेटौंडामा दौड प्रतियोगिता हुने

मकवानपुर । नयाँ वर्ष २०८० को अवसरमा हेटौंडामा खुला दौड प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हुने भएको हो । बैैशाख ३ गते आइतबार बिहान हुने प्रतियोगितामा १८ वर्षदेखि ४० वर्ष उमेर समूहका व्यक्ति सहभागी हुन सक्नेछन् । प्रतियोगिता ५ किलोमिटर दूरीको हुनेछ । प्रतियोगितामा...

मकवानपुरका दुईसहित तीन जना प्रहरीको फन्दामा

पर्सा । पर्साबाट प्रहरीले लागूऔषध चरेशसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरका २ जना र पर्साका एक जना गरी तीन जनालाई लागूऔषध चरेशसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पर्साको पटेर्वासुगौली गाउँपालिका–५ का ६० वर्षीय प्रदेशी राउत (थारू), मकवानपुरको राक्सिराङ गाउँपालिका–८ का ३८ वर्षीय रमेश मोक्तान र...

५४ प्रतिशतले बढ्यो वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/८० को ८ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ह्वात्तै बढेको जनाएको छ । मंगलबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै केन्द्रीय बैंकले श्रम स्वीकृति लिनेको संख्या ५४ प्रतिशतले बढेको जानकारी गराएको हो । समीक्षा अवधिमा...

‘एकीकृत समाजवादी प्रदेश सरकारहरूमा सहभागी हुन्छ’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रदेश सरकारमा सहभागी हुने बताएका छन् । मंगलबार पार्टी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । अध्यक्ष नेपालले आफूहरू संघीय सरकारमा सत्तारुढ गठबन्धनमा रहेको भन्दै प्रदेश सरकारमा पनि छिट्टै सहभागी...

१२ लाख ठगेको आरोपमा एक जना पक्राउ

काठमाडौं । स्लोभाकिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको फागुनन्द गाउँपालिका–३ घर भएर ललितपुर बस्ने ४५ वर्षीय एकराज नेम्वाङ छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, उनले स्लोभाकिया जान १२ लाख लाग्ने र त्यहाँ...

थप १०६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ४३६ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, सोही अवधिमा ४८ जना संक्रमणमुक्त भएका छन् । यसअघि सोमबार २ हजार ५६६ नमुनामध्‍ये...

शिक्षा मन्त्रालयद्वरा आफूखुसी शुल्क नबढाउन निजी विद्यालयलाई निर्देशन

काठमाडौं । शिक्षा मन्त्रालयले निजी विद्यालयहरूलाई आफूखुसी शुल्क नबढाउन निर्देशन दिएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले एक विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८० को विद्यार्थीका सम्बन्धनमा केही निजी लगानीका विद्यालयहरूले आफूखुसी जथाभाबी ढंगले शुल्क नउठाउन निर्देशन दिएको हो । स्थानीय तहले स्वीकृति गरिदिएको सीमाभित्र रहेर मात्र शुल्क...