समाचार

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । बीबीसीका अनुसार अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने उनी पहिलो पूर्वराष्ट्रपति हुन् । पक्राउ परेपछि उनलाई हतकडी भने लगाइएको थिएन । उनले मङ्गलवार अपराह्न म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए । दिउँसो १ बजेपछि उनी ट्रम्प टावरबाट निस्किएर अदालततिर...

घटेको हवाई भाडा आजदेखि लागू हुने

काठमाडौं । सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएपछि आजबाट हवाई भाडा पनि घटेको छ । वायुसेवा संचालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४४० रुपैयाँ भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ७ हजार ५१० रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ७० रुपैयाँ...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । यस्तै, आज दिउँसो देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ भने राति भने सामान्यतया मौसम...

भरुवा बन्दुक पड्किँदा बालिकाको मृत्यु

सल्यान । सल्यानको कालीमाटी गाउँपालिकास्थित एक घरमा भरुवा बन्दुक पड्किँदा एक बालिकाको मृत्यु भएको छ । स्थानीय बेलबहादुर आलेको घरमा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीका अनुसार, आलेको घरको आँगनमा खेल्दै गरेको क्रममा बन्दुक पड्किँदा छर्राले लागेर कालिमाटी गाउँपालिका ७ स्वायनवासकी...

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

काठमाडौं । राष्ट्रिय सभाबाट दुई वटा विधेयक पारित भएको छ । मंगलबार बसेको बैठकमा राष्ट्रिय सभाबाट दुई वटा विधेयक सर्वसहमतिले पारित गरिएको हो । बैठकबाट सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ पारित गरिएको हो । पारित भएका यी दुवै विधेयक प्रतिनिधि सभामा पठाइएको छ...

४५ वर्षीय पुरुषद्वारा आत्मदाह

पोखरा । पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १७ विरौटास्थित मेलमिलाप टोलका ४५ वर्षीय इन्द्रप्रसाद अर्यालले घरको कोठामा आत्मदाह गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, शरीरमा आगो लगाएर आत्मदाह गरेका हुन् । मंगलबार दिउँसो साढे ३ बजे प्रहरी पुग्दा प्रहरी पुग्दा घरको कोठा...

सरकारले इम्बोस्ड नम्बर प्लेट नम्वर हेरफेर गर्न स्वीकृति दिने

काठमाडौं । सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपिमा पनि लेख्न सकिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची–२ मा हेरफेर गर्न स्वीकृति दिने निर्णय गरेको छ । यसअघि इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर र अंक लेख्न मिल्ने व्यवस्थामात्र थियो ।...

बलात्कारको आरोपमा दुई युवक पक्राउ

काठमाडौं । बालिका सामूहिक बलात्कारको आरोपमा प्रहरीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक मेलम्चीका २१ वर्षका आशिष भन्ने निमा तामाङ र काभ्रे महाभारतका २१ वर्षका कुशल श्रेष्ठ रहेका छन् । उनीहरुलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार, निमाले फेसबुकबाट...

मधेस प्रदेश सरकारबाट बाहिरियो एमाले

जनकपुर । नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेबाट नियुक्त चार मन्त्री तथा एक राज्यमन्त्रीले मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् । संघमा गठबन्धन भत्किएको झन्डै डेढ महिनापछि पार्टी प्रदेश सरकारबाट एमाले बाहिरिएको हो । मधेस प्रदेशमा एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, प्रदेश सभा...

रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेशी तोकिएको उक्त मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो । लामिछानेविरुद्धको मुद्दा यसअघि पनि सिन्हाले हेरेकाले यो मुद्दा हेर्न नमिल्ने भएको बताइएको छ । सोमबार दर्ता भएको रिट मंगलबारका लागि...