कोरोना संक्रमित बढेसँगै तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको संख्या बढेसँगै विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
दैनिक रुपमा कोरोना भाइरसको संक्रमितको संख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो । भारतमा कोरोना भाइरसको देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ पछिल्लो समय नेपालमा पनि देखिन थालेको छ ।
मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले अहिले देखा परेको भेरियन्ट संक्रमण रहेकाले अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको जानकारी दिए ।
