प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते

तु खबर संवाददाता
२०७९ चैत्र २९, बुधबार १६:५८
file photo

रौतहट । रौतहटको गरुडामा प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीको गोली लागेर गजेन्द्र यादव घाइते भएका हुन् ।

दीपक यादव नेतृत्वको समूहले गरुडा नगरपालिका अगाडि गरेको प्रदर्शनका क्रममा झडप हुँदा प्रहरीले चलाएको गोली उनी घाइते भएका हुन् ।

गोली यादवको काँखीमा लागेको बताइएको छ । घाइतेलाई गरुडामा सामान्य उपचार पछि थप उपचारको लागि वीरगंज पठाइएको छ । झडपमा क्रममा प्रहरीले १६ राउण्ड हवाई फायर गरेको थियो ।