समाचार

आज यी प्रदेशमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा मौसम सामान्यतया...

कार्यव्यवस्था समितिमा सदस्यहरू मनोनयन गर्न प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधि सभा बैठक बस्दैछ । बैठक संघीय संसद् सचिवालयमा अपराह्न १ बजे बस्ने भएको हो । बैठकमा कार्य व्यवस्था समितिका सदस्यहरूलाई सभामुखले मनोनयन गर्ने कार्यतालिका रहेको छ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार, आजको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रण सम्बन्धि विधेयक...

सत्ता गठबन्धनको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

काठमाडौं । सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने हुने भएको छ । गत मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि छलफल भए अनुसार थप परिमार्जन गरेर आज सार्वजनिक गर्न लागिएको हो । कार्यदलले तयार पारे अनुसार ९ वटा विषयलाई प्राथमिकतामा राखेर नीति तथा...

स्रोत नखुलेको १० लाख नगदसहित ३ जना पक्राउ

काठमाडौं । स्रोत नखुलेको १० लाख नगदसहित तीन जना पक्राउ परेका छन् । सर्लाहीको कविलासी नगरपालिका–८ बाट सशस्त्र प्रहरीले ५ लाख भारतीय रुपैयाँ र ५ लाख नेपालीसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा हरिवन नगरपालिका–११ बस्ने ४५ वर्षीय गान्धि साह सोनार, रुपन्देही घर भएका ३५ वर्षीय राजेश...

एकल महिलाबाट बच्चाको जन्मदर्ताबारे सर्कुलर जारी

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्मेको र बाबुको ठेगान नभएको बच्चाको जन्मदर्ताबारे सर्कुलर जारी गरेको छ । बुधबार विभागका निर्देशक नवराज जैशीले जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरुलाई बोधार्थ दिँदै दुई बुँदे सर्कुलर जारी गरेका हुन् । जारी सर्कुलर अनुसार, कुनै महिलाको विवाह अघि...

थप ९८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सो अवधिमा १ हजार ७६८ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा पीसीआर विधिबाट ७१ र एन्टिजेन विधिबाट २७ जनामा...

बागमती प्रदेश : प्रदेश सूचना पुनरावेदन समितिद्वारा अन्तरक्रिया

मकवानपुर । बागमती प्रदेश सरकारको प्रदेश सूचना पुनरावेदन समितिले प्रगति समीक्षा एवम् अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । समितिले आफ्नो पहिलो वर्ष पूरा भएको अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयमा उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम समितिका अध्यक्ष हरिप्रसाद अधिकारीको अध्यक्षता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण...

इन्द्रसरोवर तालमा बेपत्ता भएका पुरुषको शव फेला

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका १ कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवर तालमा र्याफ्टिङ्ग गर्ने क्रममा बेपत्ता भएका पुरुषको शव फेला परेका छन् । मंगलबारबाट बेपत्ता भएका काठमाडौंको दक्षिणकाली नगरपालिका ३ बस्ने ३५ वर्षीय राजकुमार सुवेदीको बुधबार दिउँसो शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, सुवेदीको...

रवि लामिछानेको उम्मेदवारी कायमै

चितवन । चितवन क्षेत्र नं २ मा हुने उप–निर्वाचनमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ । निर्वाचन अधिकृतको कार्यालय भरतपुर चितवनका अनुसार, लामिछानेको उम्मेदवारी कायम भएको छ । लामिछानेको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै उनी विरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चैत्र...

उप–निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने अधिकतम सीमा निर्धारण

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख १० गते आइतबार हुने प्रतिनिधि सभा सदस्यको उप–निर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने अधिकतम सीमा निर्धारण गरेको छ । आयोगको बैठकले उपनिर्वाचनका लागि गत असोज ३१ को नेपाल राजपत्रमा तोकिए बमोजिम नै हुने गरी चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ तथा बारा जिल्ला...