बिहीबार सुनचाँदीको भाउ स्थिर
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदी भाउ स्थिर छ । यसअघि सुन तोलाको एक हजार रुपैयाँले बढेको सुनको कारोबार स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार २५० रुपैयाँ निर्धारण भएको छ । यसअघि बुधबार सुनको करोबार सोही मूल्यमा किनबेच भएको थियो । बिहीबार चाँदीको भाउ पनि स्थिर रहेको छ ।
चाँदी तोलाको १४ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार चाँदीको कारोबार सोही मूल्यमा भएको थियो ।
