नेपाली बजारमा सुनचाँदीको भाउले फेरि बनायो नयाँ कीर्तिमान

तु खबर संवाददाता
२०८२ माघ १४, बुधबार ११:५१

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यले बुधबार फेरि नयाँ कीर्तिमान कायम गरेको छ। पछिल्लो केही दिनदेखि निरन्तर उकालो लागेको सुनको भाउ आज तोलामा ९ हजार ५०० रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ। यो नेपाली बजारमा अहिलेसम्मकै सर्वाधिक मूल्य हो।

यसैगरी, चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी प्रतितोला ४३० रुपैयाँले बढ्दै ७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारको प्रभाव, लगानीकर्ताको बढ्दो आकर्षण र बजारमा अनिश्चितताका कारण सुनचाँदीको मूल्य लगातार बढिरहेको व्यवसायीहरू बताउँछन्।