समाचार
आज यी स्थानहरूमा हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले यति वेला देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी...
‘नयाँ वर्षले नयाँ अवसर र सम्भावनाको क्षितिज खोल्न सकोस्’
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ वर्ष २०८० ले नयाँ अवसर र सम्भावनाको क्षितिज खोल्न सकोस् भनि शुभकामना दिएका छन् । प्रदेश प्रमुख शर्माले एक सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरूमा सुख, शान्ति संमृद्धि र सुस्वास्थ्यको लागि शुभकामना व्यक्त गरेका हुन्...
आजबाट माओवादीका मन्त्रीहरुलाई पेरिसडाँडामा भेट्ने
काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आजबाट हरेक शुक्रबार पार्टीका नेता तथा कार्यकर्तालाई केन्द्रीय कार्यालय पेरिसडाँडामा भेट्ने भएका छन् । माओवादी केन्द्रले २०८० साल बैशाख १ गतेदेखि प्रधानमन्त्रीसँगै माओवादीबाट मन्त्री बनेकाहरुलाई केन्द्रीय कार्यालय पेरिसडाँडामै भेट्ने व्यवस्था मिलाउने निर्णय यसअघि गरेको थियो । सोही अनुसार...
आजदेखि २०८० साल सुरु
काठमाडौं । आज विक्रम सम्वत २०८० को पहिलो दिन अर्थात् नयाँ वर्ष २०८० साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदै छ । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान...
सुख्खा पहिरोमा पुरिएर १ मजदुर ज्यान गयो
काभ्रेपलाञ्चोक । सुख्खा पहिरोमा पुरिएर पाँचखाल–८ चिसापानीमा १ जना मजदुरको ज्यान गएको छ भने अरु २ जना घाइते भएका छन् । ज्यान जानेमा सोलुखुम्बु नेचासल्यान २ घर पाँचखाल ८ चिसापानी बस्ने २३ वर्षका कुशल नेपाली रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । पाँचखाल नगरपालिका वडा नं. ८ चिसापानीस्थित...
स्थानीय तह : एक वर्षको बेरूजु ४२ अर्ब ८८ करोड
काठमाडौं । गत आर्थिक वर्ष २०७८/०७९ मा स्थानीय तहको बेरुजु ४२ अर्ब ८८ करोड ९ लाख रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार ७ सय ४९ स्थानीय तहको ११ खर्ब २ अर्ब ६ करोड ५७ लाख रुपैयाँको लेखापरीक्षणबाट यस्तो बेरुजु पाइएको उल्लेख छ ।...
सरकार र मिटरब्याजी पीडितको वार्ता भंग
काठमाडौं । सरकार र मिटरब्याजी पीडितबीचको वार्ता भंग भएको छ । बिहीबार गृह मन्त्रालयमा भएको वार्ता सहमति नभएपछि दुई पक्षबीचको वार्ता भंग भएको हो । सरकारी वार्ता टोलीले आफ्ना मागहरु सम्बोधन गर्न नचाहेकाले वार्ता भंग गरिएको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनले बताए । उनका...
शेयर बजारमा २९ अंकको गिरावट
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा भारी अंकको गिरावट आएको छ । अघिल्लो दिन एकाएक हरियाली छाएको शेयरमार्केट आज २९ अंकले घटेर १९३४ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २७० कम्पनीको ४९ लाख १० हजार २६० कित्ता शेयर किनबेच हुँदा एक...
६ वर्षीय बालकमा भेटियो कालाजार
बाजुरा । गर्मीयाम सुरु भएसँगै बाजुरामा कालाजारका बिरामी भेटिएका छन् । जिल्लाको हिमाली गाउँपालिका–३ बौडीका ६ वर्षीय बालक निमा छिरिङ थापालाई कालाजार देखा परेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । लगातार तीन महिनादेखि बिरामी भई थला परेका उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा निको नभएपछि बुधबार बेलुकी जिल्ला अस्पतालमा...
देशभर १०६ जना कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १०६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार ४८८ नमुनामध्ये ५४१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र ९४७ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जनामा संक्रमण देखिएको हो । यससँगै कोरोना संक्रमितको सक्रिय संख्या ४३५...










