समाचार
एसईई दिने ११६ जना नक्कली परीक्षार्थी पक्राउ
काठमाडौं । मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेका ११६ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अरुको नाममा परीक्षा दिइरहेका उनीहरुलाई आज अनुगमन टोलीले विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सबैभन्दा बढी सरस्वती मावि ग्रामथानबाट ५२ जना, सार्वजनिक मावि केराबारीबाट ४४ जना र जनता...
उप–निर्वाचन : भोलिबाट आचारसंहिता लागू हुने
काठमाडौं । प्रतिनिधि सभा सदस्य उप–निर्वाचनका लागि भोलि शुक्रबारदेखि आचारसंहिता लागू हुने भएको छ । शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू हुने निर्वाचन आयोगका सह–सचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार, आचारसंहिता चितवन, बारा र तनहुँ जिल्लाभर विभिन्न व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ...
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी
काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक हाल जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक केहीबेर अघि सुरु भएको हो । बैठकमा गठबन्धनको न्यूनतम साझा कार्यक्रमबारे छलफल भइरहेको छ । कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रममा ९ वटा विषयलाई प्राथमिकतामा राखिएको छ । सो कार्यक्रमलाई आजको बैठकले अन्तिम रूप...
ए डिभिजन लिग अन्तरगत आज दुई खेल हुने
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तरगत आज दुई खेल हुँदै छन् । आज एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्स गरी दुई खेल हुने भएको हो । दुबै खेल आज अपराह्न २ बजेबाट सुरु हुने भएको । एन्फा कम्प्लेक्समा साविक विजेता मच्छिन्द्र फुटबल क्लब...
चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
धनगढी । कैलाली प्रहरीले बुधबार बिहान एक जना चोरी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बिहान साढे ९ बजे धनगढी उपमहानगरपालिका–१३ कैलालीगाँउ बस्ने २२ वर्षीय नरेश चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई चोरी मुद्दामा २०७६ जेठ १ गतेको सात दिन दिन कैद सजाय र १० हजार...
स्ववियु निर्वाचन : बाँकी कलेजहरूमा चैत्र ३० गते चुनाव
काठमाडौं । बाँकी रहेका कलेजहरूमा यही चैत्र ३० गते स्ववियु निर्वाचन गराउन विद्यार्थी सङ्गठनहरू सहमत भएका छन् । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी र अनेरास्ववियूबीच ३० गते चुनाव गराउन सहमति भएको हो । विद्यार्थी भर्ना लगायतका कारणबाट निर्वाचन हुन नसकेका कलेजहरूमा त्रिविले सत्य तथ्य छानबिन गर्दै चुनावी प्रक्रिया अगाडि बढाउन...
यस्तो छ आजको विदेशी विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज डलरको खरिद दर १३० रूपैयाँ ९१ पैसा र बिक्री दर १३२ रूपैयाँ...
सर्वोच्चको आदेशले धितोपत्र बोर्डलाई ब्रोकर लाइसेन्स दिन बाटो खुला
काठमाडौं । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार र धितोपत्र दलाल व्यवसायीलाई लाइसेन्स दिनेगरी गरेको नियमावली संशोधन धितोपत्रसम्बन्धी ऐन, २०६३ को परिधिभित्र रहेको ठहर गरेको छ । सीमित व्यापारिक घराना लाभान्वित हुनेगरी योजनाबद्ध रूपमा नयाँ लाइसेन्स वितरण गर्ने उद्देश्यले ल्याइएको धितोपत्र बजारसम्बन्धी नियमावलीहरू संशोधनका प्रावधान संविधानसँग प्रत्यक्ष बाझिएकाले...
उप–निर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुने
काठमाडौं । आसन्न उप–निर्वाचनका लागि उम्मेदवारी दिएकालाई आज उम्मेदवारी फिर्ताको समय तोकिएको छ । बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यसूची रहेको छ । यस्तै, आजै उम्मेदवारलाई चुनाव चिह्न वितरण गर्ने...
नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतबीच पार्टी एकता हुँदै
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमत पार्टीबीच पार्टी एकता हुने भएको छ । भोलि शुक्रबार घट्टेकुलोस्थित इच्छुक प्रतिष्ठानमा एक कार्यक्रमबीच पार्टी एकताको तयारी भइरहेको जनाइएको छ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’बीच लामो समययता पार्टी एकताका लागि...








