देशभर १०६ जना कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १०६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार ४८८ नमुनामध्ये ५४१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र ९४७ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जनामा संक्रमण देखिएको हो ।
यससँगै कोरोना संक्रमितको सक्रिय संख्या ४३५ पुगेको छ । तीमध्ये संस्थागत आइशोलेशनमा २७ जना, आइसीयूमा १२ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन् ।
आज मात्रै ७४ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले कोरोनावपिरुद्धको बुष्टर डोज खोप लगाउन सबैमा आग्रह गरेको छ ।
